११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज नवौं स्मृति दिवस



काठमाडौ । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज नवौं स्मृति दिवस हो । सन्त नेता भट्टराईको निधन वि.सं. ०६७ फागुन २० गते भएको थियो । राणाशासन र पञ्चायत विरुद्ध अनवरत् संघर्ष गर्दा लामो समय जेल जीवन बिताएका भट्टराईको जन्म वि.सं. १९८१ मा भएको थियो । करिव २० वर्ष नेपाली कांग्रेसको सभापति बनेर नेतृत्व प्रदान गरेका भट्टराई दुई पटक देशको प्रधानमन्त्रीसमेत हुनु भएको थियो ।

वि.सं. २००३ सालमा नेपाली कांग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा सक्रिय भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । प्रजातान्त्रिक मूल्य र मान्यतासहितको २०४७ सालको संविधान जारी गर्न भट्टराईको अहम भूमिका छ। ०५६ सालको आम निर्वाचनपछि पनि उहा प्रधानमन्त्री हुनुभएको थियो ।

२०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधि सभाको पहिलो सभामुख हुनुभएको थियो । सन्त नेता भट्टराई प्रधानमन्त्रीबाट राजीनामा दिनुभएपछि एउटा छाता, सुराही र टिनको बाकस मात्र आफूसँगै लिएर फर्किनुभएको थियो । जसकै कारण आज पनि उहालाई सन्त र आदर्श नेताको रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ५९ बजे

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी