४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज नवौं स्मृति दिवस



काठमाडौ । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज नवौं स्मृति दिवस हो । सन्त नेता भट्टराईको निधन वि.सं. ०६७ फागुन २० गते भएको थियो । राणाशासन र पञ्चायत विरुद्ध अनवरत् संघर्ष गर्दा लामो समय जेल जीवन बिताएका भट्टराईको जन्म वि.सं. १९८१ मा भएको थियो । करिव २० वर्ष नेपाली कांग्रेसको सभापति बनेर नेतृत्व प्रदान गरेका भट्टराई दुई पटक देशको प्रधानमन्त्रीसमेत हुनु भएको थियो ।

वि.सं. २००३ सालमा नेपाली कांग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा सक्रिय भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । प्रजातान्त्रिक मूल्य र मान्यतासहितको २०४७ सालको संविधान जारी गर्न भट्टराईको अहम भूमिका छ। ०५६ सालको आम निर्वाचनपछि पनि उहा प्रधानमन्त्री हुनुभएको थियो ।

२०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधि सभाको पहिलो सभामुख हुनुभएको थियो । सन्त नेता भट्टराई प्रधानमन्त्रीबाट राजीनामा दिनुभएपछि एउटा छाता, सुराही र टिनको बाकस मात्र आफूसँगै लिएर फर्किनुभएको थियो । जसकै कारण आज पनि उहालाई सन्त र आदर्श नेताको रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको