२१ भदौ २०८३, आइतबार | September 7, 2026

एसियन च्यालेञ्जर ट्रफी क्रिकेट प्रतियोगिता, भोलीदेखि सेमिफाइनलका खेल हुने



भैरहवा । भैरहवामा जारी एसियन च्यालेञ्जर ट्रफी क्रिकेट प्रतियोगिता अन्तरगत समूह बीबाट राइनोज क्रिकेट क्लब काटमाडौँ र शंकरनगर क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन् ।

समूह ए बाट अर्सक क्रिकेट क्लब बंगलादेश र वेष्टन क्रिकेट क्लब बुटवल यस अघिनै सेमिफाइनलमा पुगिसकेका थिए । मंगलबार भएको खेलमा शंकरनगरले राइनोजमाथि तीन विकेटको जीत निकालेको छ । राइनोजले टच जितेर पहिले व्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाएर ८८ रन बनायो । उसकालागि कमल सिंंह ऐरीले ३१ तथा रोहित कुमार पौडेलले २९ रन बनाए । अन्य खेलाडी एकल अङ्कमै प्याभिलियन फर्किन बाध्य भए ।

बलिङमा शंकरनगरका दुर्गेश गुप्ताले तीन, सहाव आलम र बिक्रम भुषाले समान दुई विकेट लिए । जवाफमा व्याटिङ गर्न आएको शंकरनगरले १९ दशमलव एक बलमा तीन विकेट बाँकी छँदै लक्ष्य पुरा ग¥यो । शंकरनगरलाई जीत दिलाउन शौरव खनालले सर्वाधिक ४१ तथा प्रज्वल थापाले १७ रन प्रहार गरे । बलिङमा राइनोजका सुर्य तामाङले तीन, रोहित कुमार पौडेलले दुई तथा कमल सिंह ऐरीले एक विकेट लिए ।

सेमिफाइन खेल बुधबार राइनोज क्रिकेट क्लब काठमाडौँ र अर्सक क्रिकेट क्लब बंगलादेश तथा शंकरनगर क्रिकेट क्लव र वेष्टन क्रिकेट क्लव बुटवल बीच हुने छ । फाइनल खेल बिहिबार हुने छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ६ : १५ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त