१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

एसियन च्यालेञ्जर ट्रफी क्रिकेट प्रतियोगिता, भोलीदेखि सेमिफाइनलका खेल हुने



भैरहवा । भैरहवामा जारी एसियन च्यालेञ्जर ट्रफी क्रिकेट प्रतियोगिता अन्तरगत समूह बीबाट राइनोज क्रिकेट क्लब काटमाडौँ र शंकरनगर क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन् ।

समूह ए बाट अर्सक क्रिकेट क्लब बंगलादेश र वेष्टन क्रिकेट क्लब बुटवल यस अघिनै सेमिफाइनलमा पुगिसकेका थिए । मंगलबार भएको खेलमा शंकरनगरले राइनोजमाथि तीन विकेटको जीत निकालेको छ । राइनोजले टच जितेर पहिले व्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाएर ८८ रन बनायो । उसकालागि कमल सिंंह ऐरीले ३१ तथा रोहित कुमार पौडेलले २९ रन बनाए । अन्य खेलाडी एकल अङ्कमै प्याभिलियन फर्किन बाध्य भए ।

बलिङमा शंकरनगरका दुर्गेश गुप्ताले तीन, सहाव आलम र बिक्रम भुषाले समान दुई विकेट लिए । जवाफमा व्याटिङ गर्न आएको शंकरनगरले १९ दशमलव एक बलमा तीन विकेट बाँकी छँदै लक्ष्य पुरा ग¥यो । शंकरनगरलाई जीत दिलाउन शौरव खनालले सर्वाधिक ४१ तथा प्रज्वल थापाले १७ रन प्रहार गरे । बलिङमा राइनोजका सुर्य तामाङले तीन, रोहित कुमार पौडेलले दुई तथा कमल सिंह ऐरीले एक विकेट लिए ।

सेमिफाइन खेल बुधबार राइनोज क्रिकेट क्लब काठमाडौँ र अर्सक क्रिकेट क्लब बंगलादेश तथा शंकरनगर क्रिकेट क्लव र वेष्टन क्रिकेट क्लव बुटवल बीच हुने छ । फाइनल खेल बिहिबार हुने छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ६ : १५ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र