२१ भदौ २०८३, आइतबार | September 6, 2026

राजधानी सार्ने चलखेल गरिए बुटवलमा आन्दोलन गरिने



बुटवल । प्रदेशको नामाकरण र राजधानीका बिषयमा चलखेल भएको भन्दै बुटवलमा आन्दोलनको तयारी थालिएको छ ।

सरकार गठन भएको २ वर्षमा समेत राजधानी र नामाकरणका बिषयमा प्रदेश सरकारले आलटाल गरेको र राजधानी रुपन्देहीबाट अन्यत्र सार्ने षडयन्त्र गरिएको भन्दै आन्दोलनको तयारी गरिएको बताईएको छ । बुटवल स्थित जिवराज आश्रीत प्रतिष्ठानको कार्यालयमा भेला भएका रुपन्देहीका पेशागत संघ संस्थाका प्रमुख एर्व प्रतिनिधिहरुको भेलाले चलखेल गरिए आन्दोलन गर्न तयारी रहने निर्णय समेत गरेको छ ।

बरिष्ठ पत्रकार डि आर घिमीरेको सहजिकरणमा भएको भेलाले निकट भबिश्यमा प्रदेशसमा साबिक लुम्बिनी अञ्चल र यस आसपासका प्रदेशसभा सदस्यहरुको उपस्थितीमा अर्को भेला गर्ने र आवश्यक परे सडक आन्दोलन समेत गर्ने निर्णय गरेको छ ।

प्रदेश सभाका केहि सभासदहरु समेतको उपस्थितीमा भएको भेलामा रुपन्देहीका सबै दल निकट उद्योगी, ब्यवसायी तथा पेशागत संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीको उपस्थिती रहेको थियो । प्रदेशसभामा नेकपा सभासद भोज प्रसाद श्रेष्ठ, कमल श्रेष्ठ र तुलसी चौधरी नेपाली कांग्रेसका सभासद रमा अर्याल र संघिय समाजबादी पार्टीका सभासद सन्तोष पाण्डेको समेत भेलामा उपस्थिती रहेको थियो । भेलामा सहभागिहरुले प्रदेशसभामा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने सभासदहरुले बलियो प्रतिनिधित्व गर्न नसकेको भन्दै सभासदहरुको आलोचना गरेका थिए ।

उनीहरुले बिगतमा अखण्ड प्रदेशका लागि गरिएको आन्दोलनको स्मरण गर्दै चलखेल गरिए फेरी त्यस्तै आन्दोलन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । भेलामा चलखेल कस्ले गरेको भन्ने बिषयमा भने खुलासा गरिएन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ४० बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा