१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नवउद्योगीलाई प्रोत्साहन गर्न रुपन्देहीमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु



बुटवल । नव उद्योगीलाई प्रोत्साहन गर्नकालागि रुपन्देहीमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) र अन्तरप्रेरणा प्रा.ली.को सहकार्यमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको हो ।

उक्त कार्यक्रम सञ्चालनकालागि बिहिबार बुटवल उद्योग बाणिज्य संघमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको तर्फबाट अध्यक्ष खिमबहादुर हमाल, लुम्बिनी बाणिज्य क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. तारा उपाध्याय, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) रुपन्देही च्याप्टरका अध्यक्ष सन्दिप कसौधन र अन्तरप्रेरणा प्रालीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरज खनालले हस्ताक्षर गर्नुभएको छ ।

त्यस अंगाडी कार्यक्रम सञ्चालन गर्ने संस्था नेपाल कम्युनिटिय्रका प्रशासकीय प्रमुख अनिल पराजुली र बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हमाल बिच सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार बुटवल उद्योग बाणिज्य संघले कार्यक्रमको अभिभावकत्व ग्रहण गर्नेछ । त्यस्तै युवा उद्यमी मञ्चले मोनिटरिङ्, लुम्बिनी बाणिज्य क्याम्पसले नलेज पाटनरको रुपमा काम गर्नेछन् ।

विजनेस इन्क्युवेसन कार्यक्रम सञ्चालनकालागि यहि महिना भित्रै केन्द्र स्थापना गरिने छ । विजनेस इन्क्युवेसन केन्द्रले उद्यमीहरुको सशक्तिकरणकालागि उद्यमीहरुलाई मेन्टर, लगानी कर्ता, बिबिध विधाका बिज्ञहरु, सरोकारवाला व्यक्तिहरुसंग जोड्ने लगायतका बिभिन्न उद्यमशिलता बिकासका कार्यक्रम सञ्चालन गर्नेछ । केन्द्रले पहिलो चरणमा नेपाल कम्युनिटिय्रको ६ महिने क्युव कार्यक्रम सञ्चालन गर्नेछ ।

यस कार्यक्रम सहभागि हुनकालागि आवेदन माग गरिएको र सहभागि हुनकालागि आगामी चैत ७ गतेसम्म आवेदन दिनुपर्ने छ । जसमा १० जना उद्यमीलाई छनौट गरिने छ । त्यसकालागि रुपन्देहीमा व्यापार व्यबसाय गरेको हुनुपर्ने, उक्त प्रतिष्ठानले दुई वर्ष ननाघेको हुनुपर्ने र महिलाले सञ्चालन गरेको वा महिला केन्द्रित बस्तु वा सेवा प्रदान गर्ने व्यबसायीलाई प्राथमिकता दिईने नेपाल कम्युनिटिय्र प्रशासकीय प्रमुख पराजुलीले जानकारी गराउनु भयो ।

त्यस्तैगरी बिद्यार्थीहरुमा उद्यमशिल मानसिकता बिकास गर्न सहयोग पु¥याउन लुम्बिनी बाणिज्य क्याम्पसमा विजनेस इन्क्युवेसन केन्द्रका स्थापना र सञ्चालन गरिने छ । उक्त केन्द्रले बिद्यार्थीको नविनतम सोंचलाई व्यबसायमा परिणत गर्न सहयोग पुग्ने क्याम्पस प्रमुख उपाध्यायले विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हमालले रुपन्देही लगानीकालागि महत्वपूर्ण क्षेत्र रहेको र नव उद्यमीकालागि प्रोत्साहन गर्ने यो कार्यक्रमले उद्यमशिलताको बिकास हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १० : ५५ बजे

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर