७ चैत्र २०८२, शनिबार | March 21, 2026

नवउद्योगीलाई प्रोत्साहन गर्न रुपन्देहीमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु



बुटवल । नव उद्योगीलाई प्रोत्साहन गर्नकालागि रुपन्देहीमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) र अन्तरप्रेरणा प्रा.ली.को सहकार्यमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको हो ।

उक्त कार्यक्रम सञ्चालनकालागि बिहिबार बुटवल उद्योग बाणिज्य संघमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको तर्फबाट अध्यक्ष खिमबहादुर हमाल, लुम्बिनी बाणिज्य क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. तारा उपाध्याय, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) रुपन्देही च्याप्टरका अध्यक्ष सन्दिप कसौधन र अन्तरप्रेरणा प्रालीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरज खनालले हस्ताक्षर गर्नुभएको छ ।

त्यस अंगाडी कार्यक्रम सञ्चालन गर्ने संस्था नेपाल कम्युनिटिय्रका प्रशासकीय प्रमुख अनिल पराजुली र बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हमाल बिच सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार बुटवल उद्योग बाणिज्य संघले कार्यक्रमको अभिभावकत्व ग्रहण गर्नेछ । त्यस्तै युवा उद्यमी मञ्चले मोनिटरिङ्, लुम्बिनी बाणिज्य क्याम्पसले नलेज पाटनरको रुपमा काम गर्नेछन् ।

विजनेस इन्क्युवेसन कार्यक्रम सञ्चालनकालागि यहि महिना भित्रै केन्द्र स्थापना गरिने छ । विजनेस इन्क्युवेसन केन्द्रले उद्यमीहरुको सशक्तिकरणकालागि उद्यमीहरुलाई मेन्टर, लगानी कर्ता, बिबिध विधाका बिज्ञहरु, सरोकारवाला व्यक्तिहरुसंग जोड्ने लगायतका बिभिन्न उद्यमशिलता बिकासका कार्यक्रम सञ्चालन गर्नेछ । केन्द्रले पहिलो चरणमा नेपाल कम्युनिटिय्रको ६ महिने क्युव कार्यक्रम सञ्चालन गर्नेछ ।

यस कार्यक्रम सहभागि हुनकालागि आवेदन माग गरिएको र सहभागि हुनकालागि आगामी चैत ७ गतेसम्म आवेदन दिनुपर्ने छ । जसमा १० जना उद्यमीलाई छनौट गरिने छ । त्यसकालागि रुपन्देहीमा व्यापार व्यबसाय गरेको हुनुपर्ने, उक्त प्रतिष्ठानले दुई वर्ष ननाघेको हुनुपर्ने र महिलाले सञ्चालन गरेको वा महिला केन्द्रित बस्तु वा सेवा प्रदान गर्ने व्यबसायीलाई प्राथमिकता दिईने नेपाल कम्युनिटिय्र प्रशासकीय प्रमुख पराजुलीले जानकारी गराउनु भयो ।

त्यस्तैगरी बिद्यार्थीहरुमा उद्यमशिल मानसिकता बिकास गर्न सहयोग पु¥याउन लुम्बिनी बाणिज्य क्याम्पसमा विजनेस इन्क्युवेसन केन्द्रका स्थापना र सञ्चालन गरिने छ । उक्त केन्द्रले बिद्यार्थीको नविनतम सोंचलाई व्यबसायमा परिणत गर्न सहयोग पुग्ने क्याम्पस प्रमुख उपाध्यायले विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हमालले रुपन्देही लगानीकालागि महत्वपूर्ण क्षेत्र रहेको र नव उद्यमीकालागि प्रोत्साहन गर्ने यो कार्यक्रमले उद्यमशिलताको बिकास हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १० : ५५ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको