१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

प्रथम हाप्किडो खुल्ला राष्ट्रिय प्रतियोगिता स्थगित



बुटवल । बुटवलमा पहिलो पटक आयोजना गर्न लागिएको हाप्किडो प्रतियोगिता स्थगित भएको छ । नेपाल मार्सल आर्टस हाप्किडो संघ, प्रदेश ५ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा आगामी चैतमा आयोजना गर्ने घोषणा गरिएको प्रथम लुम्बिनी मार्शल आर्टस् हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता कारोना भाइरसका कारण स्थगित गर्नु परेको संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

विश्वभरी भयावहका रुपमा फैलिएको काारोना भाइरस नेपालमा पनि फैलन सक्ने हुदा कुनै पनि भिडभाड हुने खालका कार्यक्रमहरु नगर्ने नेपाल सरकारले निर्णय गरेपछि राष्ट्रिय खेलकुद परिषदले सम्पूर्ण खेल प्रतियोगिता नगर्न निर्देशन दिएको थियो । परिषदको निर्देशन र बर्तमान अवस्थामा जनस्वाश्थ्यको ख्याल गर्दै प्रतियोगिता स्थगित गरिएको अध्यक्ष मगरले बताउनुभयो ।

आगामी चैतको २४, २५ र २६ गतेसम्म राष्ट्रिय स्तरको सो प्रतियोगिता बुटवलमा गर्न लागिएको थियो । प्रतियोगिताको तयारीमा केन्द्रदेखि स्थानियतहका सबै समितिहरु लागिसकेको अवस्थामा प्रतियोगिता स्थगित गर्नु परेकोमा सबैप्रति क्षमा याचना गर्दै सहज अवस्था आएपछि प्रतियोगिताको नया मिति तय गरिने संघले जनाएको छ ।

हाप्किडो प्रदेश ५ का अध्यक्ष सुवास परियारले प्रतियोगिता आयोजना गर्न अहिलेसम्म खटिएका सबैप्रति आभार व्यक्त गर्दै सहयोगिहरुप्रति धन्यवाद प्रकट पनि गर्नु भएको छ ।

प्रतियोगिताको स्थानिय आयोजकका रुपमा रहेको जिल्ला समितिका अध्यक्ष रेशम बहादुर महराले देशभरबाट करिब ५ सय खेलाडीहरु प्रतियोगितामा भाग लिने गरि काम अगाडी बढेको बताउदै स्थगनपछि आन्तरिक तयारी जारी राख्ने बताउनु भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : २६ बजे

कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन : राप्रपा जिल्ला अध्यक्ष राणा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका

राष्ट्र बैंकले माग्यो कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकसँग स्पष्टीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष

“निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्छ”

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा