५ पुस २०८२, शनिबार | December 20, 2025

प्रथम हाप्किडो खुल्ला राष्ट्रिय प्रतियोगिता स्थगित



बुटवल । बुटवलमा पहिलो पटक आयोजना गर्न लागिएको हाप्किडो प्रतियोगिता स्थगित भएको छ । नेपाल मार्सल आर्टस हाप्किडो संघ, प्रदेश ५ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा आगामी चैतमा आयोजना गर्ने घोषणा गरिएको प्रथम लुम्बिनी मार्शल आर्टस् हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता कारोना भाइरसका कारण स्थगित गर्नु परेको संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

विश्वभरी भयावहका रुपमा फैलिएको काारोना भाइरस नेपालमा पनि फैलन सक्ने हुदा कुनै पनि भिडभाड हुने खालका कार्यक्रमहरु नगर्ने नेपाल सरकारले निर्णय गरेपछि राष्ट्रिय खेलकुद परिषदले सम्पूर्ण खेल प्रतियोगिता नगर्न निर्देशन दिएको थियो । परिषदको निर्देशन र बर्तमान अवस्थामा जनस्वाश्थ्यको ख्याल गर्दै प्रतियोगिता स्थगित गरिएको अध्यक्ष मगरले बताउनुभयो ।

आगामी चैतको २४, २५ र २६ गतेसम्म राष्ट्रिय स्तरको सो प्रतियोगिता बुटवलमा गर्न लागिएको थियो । प्रतियोगिताको तयारीमा केन्द्रदेखि स्थानियतहका सबै समितिहरु लागिसकेको अवस्थामा प्रतियोगिता स्थगित गर्नु परेकोमा सबैप्रति क्षमा याचना गर्दै सहज अवस्था आएपछि प्रतियोगिताको नया मिति तय गरिने संघले जनाएको छ ।

हाप्किडो प्रदेश ५ का अध्यक्ष सुवास परियारले प्रतियोगिता आयोजना गर्न अहिलेसम्म खटिएका सबैप्रति आभार व्यक्त गर्दै सहयोगिहरुप्रति धन्यवाद प्रकट पनि गर्नु भएको छ ।

प्रतियोगिताको स्थानिय आयोजकका रुपमा रहेको जिल्ला समितिका अध्यक्ष रेशम बहादुर महराले देशभरबाट करिब ५ सय खेलाडीहरु प्रतियोगितामा भाग लिने गरि काम अगाडी बढेको बताउदै स्थगनपछि आन्तरिक तयारी जारी राख्ने बताउनु भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : २६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता