५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

प्रदेश ५ मा ८१ हजार विद्यार्थी एसइइमा सहभागी हुँदै, परीषाको तयारी अन्तिम चरणमा



बुटवल । आगामी चैत्र ६ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश नम्बर ५ बाट ८१ हजार ४ सय १ जना परिक्षार्थी सहभागी हुने भएका छन् ।

प्रदेशका १२ वटा जिल्लाबाट नियमित तर्फ कूल ७६ हजार ६ सय १८ जना, प्राविधिक तर्फ २ हजार १ सय ३१ जना तथा ग्रेड वृद्धिका लागि २ हजार ६ सय ५२ जना विद्यार्थी परिक्षामा सहभागी हुने सामाजिक विकास मन्त्रालयले जानकारी गराएको छ ।

प्रदेशमा परिक्षाका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले परिक्षालाई मर्यादित, सफल र विद्यार्थीहरुमा भयरहित वातावरणमा सञ्चालन गर्नका लागि जोड दिनुभएको छ ।

प्रदेशका ३ सय २१ परिक्षा केन्द्रबाट सञ्चालन गरिने परिक्षाका लागि आवश्यक तयारीको अन्तिम चरणमा पुगेको जानकारी गराउँदै मन्त्री बरालले परिक्षालाई मर्यादित र व्यवस्थित ढँगले सञ्चालन गर्नका लागि सञ्चार क्षेत्रबाट समेत सहयोगको अपेक्षा गर्नुभयो ।

पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपलाई मध्ययनजर गर्दै नेपाल सरकारले समयमा नै परिक्षा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्री बरालले नेपालमा कोरोना भाइरस देखा नपरेको प्रष्ट पार्दै सरकारले उच्च सतर्कता अपनाएको जानकारी गराउनुभयो । कतिपय विद्यालयहरुमा विद्यार्थीलाई मास्क लगाउन अनिवार्य जस्तै गरिए पनि त्यो सही नभएको उहाले बताउनुभयो ।

मास्क लगाएर भाइरस रोक्न सकिने कुरा नभएको बताउँदै उहाले मेला महोत्सव, विवाह भोज लगायतका कार्यक्रमहरु समेत कम गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : १५ बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा