४ श्रावण २०८३, सोमबार | July 20, 2026

प्रदेश ५ मा ८१ हजार विद्यार्थी एसइइमा सहभागी हुँदै, परीषाको तयारी अन्तिम चरणमा



बुटवल । आगामी चैत्र ६ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश नम्बर ५ बाट ८१ हजार ४ सय १ जना परिक्षार्थी सहभागी हुने भएका छन् ।

प्रदेशका १२ वटा जिल्लाबाट नियमित तर्फ कूल ७६ हजार ६ सय १८ जना, प्राविधिक तर्फ २ हजार १ सय ३१ जना तथा ग्रेड वृद्धिका लागि २ हजार ६ सय ५२ जना विद्यार्थी परिक्षामा सहभागी हुने सामाजिक विकास मन्त्रालयले जानकारी गराएको छ ।

प्रदेशमा परिक्षाका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले परिक्षालाई मर्यादित, सफल र विद्यार्थीहरुमा भयरहित वातावरणमा सञ्चालन गर्नका लागि जोड दिनुभएको छ ।

प्रदेशका ३ सय २१ परिक्षा केन्द्रबाट सञ्चालन गरिने परिक्षाका लागि आवश्यक तयारीको अन्तिम चरणमा पुगेको जानकारी गराउँदै मन्त्री बरालले परिक्षालाई मर्यादित र व्यवस्थित ढँगले सञ्चालन गर्नका लागि सञ्चार क्षेत्रबाट समेत सहयोगको अपेक्षा गर्नुभयो ।

पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपलाई मध्ययनजर गर्दै नेपाल सरकारले समयमा नै परिक्षा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्री बरालले नेपालमा कोरोना भाइरस देखा नपरेको प्रष्ट पार्दै सरकारले उच्च सतर्कता अपनाएको जानकारी गराउनुभयो । कतिपय विद्यालयहरुमा विद्यार्थीलाई मास्क लगाउन अनिवार्य जस्तै गरिए पनि त्यो सही नभएको उहाले बताउनुभयो ।

मास्क लगाएर भाइरस रोक्न सकिने कुरा नभएको बताउँदै उहाले मेला महोत्सव, विवाह भोज लगायतका कार्यक्रमहरु समेत कम गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : १५ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री