२१ भदौ २०८३, आइतबार | September 7, 2026

६ महिना पुग्ने औषधी नेपालमै छ, सरकारले विदेशी गुहार्नु पर्दैन : औषधी उत्पादक संघ



काठमाडौ । नेपाल औषधि उत्पादक संघले कोरोना भाइरस विश्‍वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित संकटका क्रममा नेपालमा औषधि अभाव हुन नदिने बताएको छ।

शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने जानकारी दिएको हो । त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले जानकारी दिनुभयो । उहांले भूकम्प र नाकाबन्दीका बेला पनि देशमा ‌औषधि अभाव हुन नदिएको स्मरण गराउनुभयो ।

भारत र चीनबाट औषधिका कच्चा पदार्थ ल्याइरहेको बताउँदै त्यहाँबाट नआएमा अन्य देशलाई विकल्पका रुपमा रोजिने पनि जानकारी दिनुभएको छ । बिपदमा मात्रै सरकारले औषधिको महत्व बुझ्ने गरेको संघको गुनासो छ । महासचिव अधिकारीले ७५ प्रतिशत औषधिका लागि विदेशी कम्पनीलाई गुनासो गर्नु आवश्यक नरहेको पनी स्पष्ट पार्नुभएको छ । अधिकारीले भन्नुभयो, अधिकांश औषधि नेपालमै उत्पादन भइरहेका छन् । विदेशी कम्पनीलाई अनुनय बिनय र आग्रह गर्नुपर्दैनु, हामी निजी उद्योगीहरुसँग सरकारले सहकार्य र सहयोग गरे मात्रै पुग्छ। भारतले सिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि औषधी अभाव हुन सक्ने समाचारहरु सार्वजनिक भएको थियो ।

तर संघले अत्यावश्यक औषधीका लागि विदेशी कम्पनीलाई अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको महासचिव अधिकारीले बताउनुभयो । सिटामोलको कच्चा पदार्थ त जनवरी र फेब्रुअरीमा धेरै आयात भएको भन्दै स‌ंघले नेपालमा अभाव नै नहुने जानकारी गराएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ३८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त