२१ भदौ २०८३, आइतबार | September 7, 2026

क्यान्सर पीडित बालकलाई डाक्टर/प्राध्यापकद्वारा सहयोग



बुटवल । रक्त क्यान्सरबाट पीडित नवलपरासी (नवलपुर) का एक बालकलाई डाक्टर तथा प्राध्यापकहरुले उपचारमा सहयोग पुगोस भनेर रुपन्देहीको देवदहमा आर्थिक सहयोग गरेका छन् ।

रक्त क्यान्सरबाट पीडित बनेका पुर्वी नवलपरासी (नवलपुर) अरुणखोलाका तीन वर्षीय बालक सोहील थापालाई देवदह मेडिकल कलेजका डाक्टर तथा प्राध्यापकहरुले आर्थिक सहयोग गरेका हुन् । कलेजको वेसिक साईन्स डिपाटमेन्टतर्फ अध्यापनरत प्राध्यापक डाक्टरहरुको टोलीले सोहीलकी हजुरआमा कमला थापालाई नगद २० हजार रुपैया सहयोग गरेका हुन् । डाक्टर शान्ता शर्माको नेतृत्वको डाक्टर/प्राध्यापकहरुको टोलीले ब्यक्तिगत रुपमा संकलन गरेको २० हजार रुपैया बालककी हजुर आमा कमलालाई हस्तान्तरण गरेका थिए ।

आर्थिक सहयोग जुटाउन सक्रिय हुनु भएकी डाक्टर शान्ता शर्माको नेतृत्वमा संकलन भएको रकम हस्तान्तरण कार्यक्रममा प्राध्यापक/डाक्टर पिसी महाजन, प्राध्यापक/डाक्टर बसिष्ट रिजाल लगायतले सानो रकम भएपनि उपचारमा सघाउ पुगोस भनेर पीडितको परिवारलाई सहयोग गरिएको बताउनुभयो । सहयोग रकम लिदै बालककी हजुरआमा कमलाले आर्थिक अवस्था कमजोर भएका कारण नातीको उपचारमा समस्या परेको गुनासो गर्दै विभिन्न क्षेत्रका सहयोगी मनहरुले गरेको सहयोगले उपचारमा सहयोग पुगेको बताउनुभयो ।

सोहीलको विगत एक महिनादेखि काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचार चलि रहेको छ । रक्त क्यान्सरको समस्यासँग झेल्दै आएका बालकको अझै एक वर्ष विभिन्न चरणको उपचार कान्तिमै जारी रहने डाक्टर शर्माले जानकारी दिनुभयो ।

यसअघि पनि बालकको उपचारका लागि देवदहमै लायन्स क्लव अफ बुटवल मणि उजेशले २० हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : ०४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त