१ जेष्ठ २०८२, बिहिबार | May 16, 2025

मौसममा पश्चिमी वायुको प्रभाव : मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

हाल देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भागमा आंसिकदेखि सामान्य बदली रहेको छ । देशको पश्चिमी भागका केही स्थानलगायत मध्य र पूर्वी भागका केही स्थानमा वर्षा भइरहेको छ । हाल काठमाडौंमा वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन, चट्याङ हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार शनिबार (आज) दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना छ ।

शनिबार राति पश्चिमी, मध्य तथा पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलि रहनेछ । पश्चिमी, मध्य तथा पूर्वी पहाडी भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । पूर्वी तथा पश्चिमी उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।

आइतबार दिउँसो देशको पूर्वी भागमा आंसिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी पहाडी भागका एकदुई स्थानमा र पश्चिमी पहाडी भागका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

आइतबार राति पूर्वी पहाडी भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार दिउँसो पूर्वी तथा मध्य भागमा आशिंक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ ।

सोमबार राति पूर्वी र मध्य पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : ५४ बजे

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर

बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको