१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

सगरमाथामा किड्स ट्यालेन्ट सो कार्यक्रम



बुटवल । सगरमाथा आवासीय माध्यमिक विद्यालय जोयफुल लनिङ्ग होम देवदह–७, ले किड्स ट्यालेन्स सो तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेलको अध्यक्षता र देवदह नगरपालिका–७, का वडाअध्यक्ष पदमबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले संस्कार सहितको शिक्षा आजको आवश्यक रहेको बताएका थिए । उनीहरुले वालवालिकालाई शिक्षा संगै संस्कार पनि सिकाउनु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले पछिल्लो समय समाजमा विकृति विसंगति बढिरहेको भन्दै संस्कार सहितको शिक्षाले मात्र समाज परिवर्तन गर्न सकिनेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले व्यवहारिक शिक्षाले मात्र समाज सुधार गर्न सकिने भन्दै सभ्य समाज निर्माणको लागि संस्कार र व्यवहारिक शिक्षा आवश्यक रहेको औल्याएका थिए ।

उनीहरुले अतिरिक्त क्रियाकलापले विद्यार्थीमा रहेको क्षमता प्रस्फुटन गर्न सकिने बताउदै विद्यालयले अतिरिक्त क्रियाकलापलाई समेत ध्यान दिनु पर्ने बताएका थिए । उनीहरुले आफना नानी वावुलाई कस्तो बनाउने भन्ने कुरा अभिभावकमा निर्भर हुनु हुदा वालवालिकालाई घरबाटै नै संस्कार सिकाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा देवदह नगरपालिका–७, का वडाअध्यक्ष पदमबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा समाजमा घटेका घटनालाई चित्रण गर्दै साना साना विद्यार्थीहरुले नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शैक्षिक सत्र–२०७५ का उत्कृष्ट विद्यार्थी, विद्यालयले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत साना साना विद्यार्थीहरुले आ–आफना प्रस्तुती प्रस्तुत गरेका थिए ।

विद्यालयका पुर्व प्रावि संयोजक अमृता सापकोटाको स्वागत र शिक्षक रमा पन्थीको संचालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : ४२ बजे

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकियो : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौं । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै

अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै

काठमाडौँ । मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक