१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सगरमाथामा किड्स ट्यालेन्ट सो कार्यक्रम



बुटवल । सगरमाथा आवासीय माध्यमिक विद्यालय जोयफुल लनिङ्ग होम देवदह–७, ले किड्स ट्यालेन्स सो तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेलको अध्यक्षता र देवदह नगरपालिका–७, का वडाअध्यक्ष पदमबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले संस्कार सहितको शिक्षा आजको आवश्यक रहेको बताएका थिए । उनीहरुले वालवालिकालाई शिक्षा संगै संस्कार पनि सिकाउनु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले पछिल्लो समय समाजमा विकृति विसंगति बढिरहेको भन्दै संस्कार सहितको शिक्षाले मात्र समाज परिवर्तन गर्न सकिनेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले व्यवहारिक शिक्षाले मात्र समाज सुधार गर्न सकिने भन्दै सभ्य समाज निर्माणको लागि संस्कार र व्यवहारिक शिक्षा आवश्यक रहेको औल्याएका थिए ।

उनीहरुले अतिरिक्त क्रियाकलापले विद्यार्थीमा रहेको क्षमता प्रस्फुटन गर्न सकिने बताउदै विद्यालयले अतिरिक्त क्रियाकलापलाई समेत ध्यान दिनु पर्ने बताएका थिए । उनीहरुले आफना नानी वावुलाई कस्तो बनाउने भन्ने कुरा अभिभावकमा निर्भर हुनु हुदा वालवालिकालाई घरबाटै नै संस्कार सिकाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा देवदह नगरपालिका–७, का वडाअध्यक्ष पदमबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा समाजमा घटेका घटनालाई चित्रण गर्दै साना साना विद्यार्थीहरुले नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शैक्षिक सत्र–२०७५ का उत्कृष्ट विद्यार्थी, विद्यालयले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत साना साना विद्यार्थीहरुले आ–आफना प्रस्तुती प्रस्तुत गरेका थिए ।

विद्यालयका पुर्व प्रावि संयोजक अमृता सापकोटाको स्वागत र शिक्षक रमा पन्थीको संचालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : ४२ बजे

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ