२ पुस २०८२, बुधबार | December 18, 2025

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलद्वारा ११० औ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना



बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले नारी दिवसलाई महिला सशक्तिकरण र आत्मसम्मान उत्सवको रुपमा मनाउने गरिएको बताउनुभएको छ ।

अन्तराष्ट्रिय श्रमिक महलिा दिवसका अवसरमा शुभकामना सन्देश संप्रेषण गर्दै मुख्यमन्त्री पोखरेलले विश्वमा मार्च ८ लाई महिला सशक्तिकरण र आत्मसम्मान उत्सवका रुपमा मनाईने गरेपनि नेपालमा राजनैतिक चेतना र जागरण विस्तारको अवसरका रुपमा मनाइदैं आएको बताउनुभएको छ ।

जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाहरुले गरेको संघर्ष निकै अविस्मरणीय रहेको स्मरण गर्दै उहांले अध्याँरो र अप्ठ्यारो दिनमा मार्च ८ को विशेष महत्व रहेको समेत उल्लोख गर्नुभएको छ ।

उहांले शुभकामना सन्देशमा विगतमा भएका आन्दोलन र संघर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न संभव भएको बताउंदै राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको छ ।

अहिले पनि नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेको प्रति चिन्ता ब्यक्त गर्दै सन्देशमा यस्ता कुरीतिलाई हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

सन्देशमा सरकारले कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई ध्यान दिदैं भेला, सभा र सम्मेलन नगर्न आग्रह गरेको उल्लेख गर्दै अन्तराष्ट्रिय महिला दिवस पारिवारिक रुपमा मनाउन आह्वान समेत गर्नुभएको छ ।

अन्तराष्ट्रिय महिला दिवसलाई कोरोना भाइरस विरुद्धको सर्तकता र सचेतना दिवसको रुपमा मनाउन मुख्यमन्त्रीले अपील समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १० : १२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल