४ श्रावण २०८३, सोमबार | July 20, 2026

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलद्वारा ११० औ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना



बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले नारी दिवसलाई महिला सशक्तिकरण र आत्मसम्मान उत्सवको रुपमा मनाउने गरिएको बताउनुभएको छ ।

अन्तराष्ट्रिय श्रमिक महलिा दिवसका अवसरमा शुभकामना सन्देश संप्रेषण गर्दै मुख्यमन्त्री पोखरेलले विश्वमा मार्च ८ लाई महिला सशक्तिकरण र आत्मसम्मान उत्सवका रुपमा मनाईने गरेपनि नेपालमा राजनैतिक चेतना र जागरण विस्तारको अवसरका रुपमा मनाइदैं आएको बताउनुभएको छ ।

जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाहरुले गरेको संघर्ष निकै अविस्मरणीय रहेको स्मरण गर्दै उहांले अध्याँरो र अप्ठ्यारो दिनमा मार्च ८ को विशेष महत्व रहेको समेत उल्लोख गर्नुभएको छ ।

उहांले शुभकामना सन्देशमा विगतमा भएका आन्दोलन र संघर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न संभव भएको बताउंदै राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको छ ।

अहिले पनि नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेको प्रति चिन्ता ब्यक्त गर्दै सन्देशमा यस्ता कुरीतिलाई हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

सन्देशमा सरकारले कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई ध्यान दिदैं भेला, सभा र सम्मेलन नगर्न आग्रह गरेको उल्लेख गर्दै अन्तराष्ट्रिय महिला दिवस पारिवारिक रुपमा मनाउन आह्वान समेत गर्नुभएको छ ।

अन्तराष्ट्रिय महिला दिवसलाई कोरोना भाइरस विरुद्धको सर्तकता र सचेतना दिवसको रुपमा मनाउन मुख्यमन्त्रीले अपील समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १० : १२ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री