७ चैत्र २०८२, शनिबार | March 21, 2026

रुपन्देही नेत्रहिन संघलाई १ लाख ५१ हजारको अक्षयकोष



बुटवल । रुपन्देही नेत्रहिन संघको लागि अन्नपूर्ण टोल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ निवासी स्व।कमलापती गंगादेवी पन्थ स्मृती प्रतिष्ठानले अक्षयकोषको स्थापना गरेको छ ।

आईतबार रुपन्देही नेत्रहिन संघ बुटवल तामनगरमा एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीले जानकारी दिनुभयो ।

आईतबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा प्रतिष्ठान बरिष्ठ सल्लाहकार हरि प्रसाद अधिकारीको उपस्थितिमा संरक्षक केडि पन्थ, गंगा पन्थ र महासचिव यादव गैरे ले संयुक्त रुपमा रुपन्देही नेत्रिहन संघका अध्यक्ष कृष्ण बहादुर जिसीलाई प्रदान गर्नुभएको हो ।

जिल्लामा छरिएर रहेका दृष्टिविहिनता भएका व्याक्तिहरुको व्याक्तित्व विकास, क्षमाता अभिवृद्धि तालिम तथा अन्य कार्यमा उक्त अक्षयकोषबाट आएको रकम खर्च गरिने रुपन्देही नेत्रहिन संघका सचिव टिकाराम पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ५ : ०६ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग

पाथीभरामा पाँचौँ पटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ ।