७ माघ २०८१, सोमबार | January 21, 2025

मिथिलाञ्चलमा मास्क र अबीरका साथ फागु



जनकपुर । सामाजिक सद्भावको सन्देशलाई प्रगाढ बनाउने समानताको पर्व होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा रौंनकता छाएको छ ।

भव्य एवं आकर्षक ढङ्गले पर्व मनाउन आवश्यक सामग्रीको किनमेलका साथै खासगरी ग्रामीण क्षेत्रमा होलीको गीतले वातावरण गुञ्जयमान भएकाले रौंनकता छाएको हो ।

यो पर्वलाई असत्यमाथि सत्यको जितका रुपमा लिइन्छ । आपसी प्रेम प्रतीकका रुपमा रहेको यसपर्वको माध्यमबाट एकापसका भातृत्वको भावना जागिृत गर्नु नै मुख्य उद्देश्य हो । समाजका सबै वर्ग र समुदाय एकापसमा मिलेर रङ्ग अबीरको माध्यमबाट उज्जवल भविष्यको कामनाका साथै आपसी प्रेम सधैँ बनिरहोस् भनि कामनाका साथ पर्व मनाइने गरिएको छ ।

खासगरी, जनकपुरधाममा मध्यमिथिला डोला परिक्रमाको सहभागीद्वारा जनकपुरधामको अन्तगृह परिक्रमा समापन गरेको भोलिपल्ट होली मनाउने गरिएको छ । ग्रामीण क्षेत्रमा सरस्वती पूजाको दिनदेखि बेलुकीको समयमा होलीको पारम्परिक गीत, जोगिरा गाएर होली पर्वको शुभारम्भ हुनेगर्छ । तर, बढ्दो शहरीकरणसँगै पारम्परिक र व्यस्तताका कारण पूर्ववत् रुपमा मनाइने गरिएको होली पर्व लोप हुन थालेको छ ।

कोरोना भाइरसबाट जोगिनका लागि भिडभाड नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि विगतको तुलनामा होली पर्व मनाउनेको उत्साहमा केही कमी आएको महसुस गरिएको छ । तर, होलीपर्व आफ्ना परिवार, इष्टमित्रसँग रुघाखोकी, सर्दी नलागेका व्यक्तिसँग सामान्य ढङ्गले मनाउन सकिने चिकित्सकहरुले पनि सुझाव दिएपछि पर्व मनाउने उत्साहित छन् ।

सोही विषयलाई मध्यनजर गर्दै जनकपुरको मिथिला नाट्य कला परिषद्मि (नाप) ले यसवर्ष मनाउन लागेको फागु गीतको प्रतियोगिता र महामूर्ख सम्मेलनमा सहभागीबीच मास्क वितरण र अबीरको सट्टा पूmल दिएर होली पर्व मनाउन लागिएको सो परिषद्का अध्यक्ष परमेश झाले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा होली पर्वका दिन मानिस एक ठाउँमा एकत्रित भएर बाजागाजाका साथ पारम्परिक होलीका गीत, जोगिरा गाउँदै प्रत्येकको घरघरमा पुगेर शुभआशिष दिने गर्छन् । यस पर्वका अवसरमा मलपूवा, दालपुरी अनिवार्य रुपमा पकाइन्छ । घरको कूलदेउतासहितका देउतालाई प्रसादको रुपमा अर्पन गरिन्छ । धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा रहेको होली पर्वमा केही विकृति पनि भित्रिएको देखिएको छ ।

असत्यमाथि सत्यको जितको खुशीयाली मनाइने यस पर्वमा नशालु पदार्थ भाङ र रक्सी खानेको सङ्ख्या बढ्नु चिन्ताको विषय देखिएको छ । होलिकाको मृत्यु अर्थात असत्यमाथि सत्यको जितको खुशीमा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ५ : ४३ बजे

मालपोत कार्यालय टीकापुर भ्रष्टाचार प्रकरण : आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय

आफ्नै साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ

धरान । साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : पचास लाख धरौटी बुझाएर जोशी रिहा

काठमाडौँ ।काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न समझदारी

रसुवा । नेपालको उत्तरी रसुवागढी नाका क्षेत्रमा हुन सक्ने अपराधिक

स्वास्थ्य बिमामा सुधार कार्ययोजनाको प्रक्रिया सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार