२२ भदौ २०८३, सोमबार | September 7, 2026

काेराेनाले असर नपुर्‍याएको मेलम्ची



काठमाडौ । काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस (कोभिड–१९) ले असर नपुर्‍याएको पाइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना मात्रै अहिले चीन गएका छन् ।

उनीहरु नहुँदा पनि अहिले काममा कुनै अवरोध नपुगेको आयोजनाका वरिष्ठ डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताउनुभयो । उहाका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरु त्यसपछि फर्किएका छैनन् । चीन गएकामध्ये एकजना परियोजना व्यवस्थापक र एक जना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) रहेका छन् ।

उनीहरु केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ । उहाले भन्नुभयो, ‘अहिले त्यहाँ भएका जनशक्ति नियमित रुपमा काम गरिरहेका पाइएको छ ।’ सरकारले आगामी असारसम्ममा काठमाडौंमा पानी झार्ने प्रतिबद्धता जनाएकामा त्यही अनुसार निर्माणको काम अघि बढिरहेको वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताउनुभयो ।

दक्ष र अदक्ष गरी झण्डै ५० चिनियाँ जनशक्ति निर्माणस्थलमा कार्यरत छन् । झण्डै दुई सय नेपाली कामदार कार्यरत छन् । तीमध्ये थोरै मात्रै दक्षजनशक्ति छन् भने अधिकांश अदक्ष कामदार छन् ।

कम्पनीले गत दुई महिना दैनिक अतिरिक्त समय काम लगाएर र अरु योजनामा कार्यरत जनशक्ति थप गरेर समयमै सम्पन्न गर्न लागेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ५ : ५५ बजे

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा