५ श्रावण २०८३, मंगलबार | July 21, 2026

लगातार कम्प्युटरमा काम गर्नुहुन्छ ? यसरी बचाउनुस् स्वास्थ्यलाई



काठमाडौ । आजकल प्रायः मानिसको दैनिकी एकै ठाउँमा बसेर कम्प्युटर स्क्रीनमा हेरेर कट्ने गर्दछ । दिनभर काममा रहँदा कम्प्युटर र अन्य समयमा मोबाइल चलाउनु हरेक व्यक्तिको बानी बनिरहेको छ । जसका कारण तपाईको स्वस्थ्यमा प्रतिकूल असर परिरहेको छ ।

सबैलाई थाहा छ‚ लगातार कम्प्युटर तथा मोबाइलमा हेरिरहँदा आँखामा गम्भीर प्रकारको असर पर्न सक्छ । यस्तै‚ एकै ठाउँमा एकै प्रकारले बसिरहँदा शारीरिक जटिलता पनि निम्तिन सक्छ ।

तर‚ यसबाट बच्ने उपाय सबैलाई थाहा नहुन सक्छ । चिन्ता नगर्नुस्, तपाईले स्वस्थ रहन केही उपायहरु अपनाउन सक्नुहुन्छ । विभिन्न स्वास्थ्यसँग सम्बन्धित अनुसन्धानका अनुसार तल उल्लिखित विभिन्न खानेकुरा सेवन गर्नुभयो भने तपाईको स्वास्थ्य अवस्थालाई सन्तुलित राख्नका लागि सहयोगी बन्नेछ ।

  •  हरियो धनियाँ : हरियो धनियाँ आँखाको तेज बढाउनका लागि एकदमै उपयोगी मानिन्छ ।
  •  दही : दहीमा प्रोबायोटिक्स ब्याक्टेरिया हुने भएकाले पाचनशक्ति शन्तुलनमा ल्याउन मद्दत गर्दछ ।
  •  ग्रीन टी : ग्रीन टी स्वस्थ्यका लागि निकै फाइदाजनक हुन्छ । जसका कारण शरीरको मेटाबोलिज्म बढ्ने र मोटोपनामा कमी आउने गर्दछ ।
  •  केरा : केरामा पोटासियमको मात्रा निकै हुने भएकाले तपाईलाई तुरुन्त शक्ति प्रदान गर्दछ, जसका कारण थकावटको कम महसुस हुन्छ ।
  •  स्याउ : स्याउमा फाइबरको मात्रा धेरै हुने भएकाले पाचन प्रणालीका लागि निकै उपयोगी हुन्छ ।
  •  कागती : कागतीमा भिटामिन सी को मात्रा निकै धेरै हुने भएकाले शरीरिक थकानका लागि फाइदाजनक हुन्छ ।
  •  दुध : दुधमा भिटामिन ए र प्रोटिन अत्यधिक हुन्छ । जुन आँखाको तेज र शक्तिका लागि फाइदाजनक मानिन्छ ।
  •  चकलेट : चकलेट खानुमा धेरै फाइदा रहेका छन् । साथसाथै केही घाटा पनि छन् । चकलेटमा एन्टी अक्सिडेन्ट हुने भएकाले इम्युनिटी पावर बढाउन र शारीरिक दुखाई कम गर्नमा सहयोगी हुन्छ

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : ४२ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान