१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘नेपालमा तीस चालिसजनालाई कोरोना देखिए नाकाबन्दी हुन सक्छ’



काठमाडौ । विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुने आशंका व्यक्त गर्न थालिएको छ ।

चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो । नेपाल चेम्बर अफ कमर्समा भएको एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०/४० जनामा मात्रै कोरोनाको संक्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

उहाले भन्नुभयो, ‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ । ३०/४० जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएमा त्योभन्दा ठूलो पीडा हुन सक्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा। राजेशकुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताउनुभयो ।

उहाले जथाभावी भिडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गर्नुभयो । ६० वर्षभन्दा माथिका नागरिक, डाइबिटीज, मुटुसम्बन्धी समस्या र दमका रोगीहरुलाई संक्रमणको दर बढी देखिएको उल्लेख गर्दै उहाले समयसमयमा साबुनपानीले हात धुन आग्रह गर्नुभयो ।

पहिलो पटक कोरोनाको आशंकामा ट्रपिकल सेन्टरमा भर्ना भएका एकजनाबाहेक नेपालमा यसको संक्रमण देखिएको छैन । संक्रमण देखिएका व्यक्ति पनि उपचारपछि घर फर्किसकेका छन् । यद्यपि, कोरोनाको आशंकामा परीक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या भने बढिरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : ४९ बजे

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ