२४ मंसिर २०८०, आइतबार | December 11, 2023

होलीसंग कोरोनाको त्रास पनि छ, स्वास्थ्य र सुरक्षाको ख्याल गरौं



काठमाडौं । होली पर्व हिन्दु धर्मावलम्बी नेपाली र भारतीयहरूले प्रत्येक बर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाउने प्रमुख चाड हो । नेपालका सन्दर्भमा होली पर्व आज पहाडी क्षेत्रमा र तराईका क्षेत्रमा भोलि मनाईन्छ ।

हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रल्हादसंग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु) होलिकाले आगोमा भष्म पार्न खोज्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको धार्मिक प्रशंगको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

यो चाडले वसन्त ऋतुको आगमनको संकेत गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू लगाइदिएर खुसीयाली साटासाट गर्छन । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा, युवतीहरू गीत गाउँदै, नाच्दै होली खेल्छन् । होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मानिसहरु एक–अपसमा सुमधुर सम्बन्ध स्थापित गर्दछन् भन्ने कथन पनि जोडिएको छ ।

यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगु पनि भनिन्छ । घरपरिवार र साथीभाइबीच एक–आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका समुहहरु आफु पनि रंगिदै र अरुलाई रंग्याउँदै हिंडिरहेका देखिन्छन ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर अर्थात विशेषरूपले सजाईएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

तर पछिल्ला समय फागु अर्थात होली खेल्ने क्रममा विकृतिहरु पनि देखिएका छन । यसको नियन्त्रणका लागि प्रहरी प्रशासनले विशेष कडाइ गर्दै आएको छ । जस अनुसार यस पटक पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटना रहित, सुरक्षित र मर्यादित बनाउन भन्दै काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ । राजधानीका अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिएको छ ।

तर यस पटक विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण होलीको रौनक धार्मिक तथा परम्परागत मान्यताले भने जस्तो उत्सवमय नहुने भएको छ । कोरोनासंग सचेत रहन भन्दै सरकारले भेला, उत्सव, जमघट जस्ता कार्यक्रम गर्न रोक लगाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ५१ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक