७ चैत्र २०८२, शनिबार | March 21, 2026

होलीमा प्रयोग गरिने रंग कति सुरक्षित ? रंगको नाममा विषको प्रयोग पो भैरहेको छ कि ?



काठमाडौ । फागु अर्थात होली पर्वलाई मित्रता, एकता र भाईचाराको पर्व पनि भनिन्छ । यो अवसरमा सबैको जीवन रंगीन बनोस भन्ने कामना पनि गरिन्छ । तर होलीमा गरिने कामना विपरित यहि रंगले हाम्रो जीवनलाई अँध्यारोमा धकेलिदियो भने के हुन्छ ? कहिल्यै बिचार गर्नुभएको छ ? होलीमा विभिन्न रंगहरु प्रयोग गरिन्छ ।

आजकल बजाारमा पाईने प्राय सबै रंगहरु घातक रशायनयुक्त हुन्छन । जसको नकारात्मक प्रभाव शरीरमा हुने गर्छ । चिकित्सकहरुका अनुसार होलीमा प्रयोग गरिने रातो रंगमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्व हुन्छन् ।

यी रासायनिक तत्वहरूले छाला, आँखा, कानलगायत शरीरका विभिन्न अंगमा नकारात्मक असर पुर्‍याउँछ । सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुन सक्ने सम्भावना बढ्छ । उक्त वस्तुहरू कुनै कारणवश खाने नलीमा प्रवेश गरे चक्कर आउने, वान्ता आउने, पेट दुख्ने हुन सक्छ । प्रायःजसो सबै रंगमा हुने रसायनले शरीरको नरम छालामा एलर्जी गराउने गर्छ । यसबाट छाला रातो हुने, चिलाउने, रातो डाम बस्ने हुन सक्छ । आँखामा पसे चिलाउने, रातो हुने, पानी बग्ने, हुन सक्छ । त्यस्तै कानमा पसे चिलाउने र पछि गएर कान पाक्नेसम्म हुन सक्छ ।

होलीका नाममा प्रयोग गरिने सिल्भर पेन्टमा हुने एल्मुनियम ब्रोमाइडले एलर्जीका साथै क्यान्सर हुने सम्भावना बढाउँछ । त्यस्तै, होलीमा गलत नियतका साथ प्रयोग गरिने कालो मोसो, मोबिल, फोहोर पानी विकृति मात्र होइन, यसले शरीरमा गम्भीर नकारात्मक असर पार्न सक्छ । साथै छिट्टै एलर्जी हुन सक्छ । चिकित्सकहरुका अनुसाार होलीको रंगको असर कम पार्न शरीरमा आफूलाई उपयुक्त तेल लगाएर खेल्नुपर्छ । कानमा कपास राख्नुपर्छ । आँखा, कान तथा मुखमा रंग लगाउनु हुँदैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ५४ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग

पाथीभरामा पाँचौँ पटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ ।