१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अदालतको आदेश समेत कार्यान्यन गर्न नसक्ने लाचार सैनामैना नगरपालिका



बुटवल । सार्वजनिक बाटोको जग्गामा बर्षौ देखि घर बनेर ठडीएका छन्, व्याक्तिको जग्गामा नगरपालिकाले सडक विस्तार गरिरहेको छ । आफ्नो अतिक्रमित जग्गा हटाउन नसक्ने सैनामैना नगरपालिकाले उल्टै व्यक्तिगत लाल पुर्जावाला जग्गामा बाटो विस्तारको काम गरेको छ ।

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर ४ सिसौडाँडामा रहेको सार्वजनिक बाटो किं.नं २३२ लाई अतिक्रमण गरि भौतिक संरचना निर्माण भएको बर्षौ भएको छ । तर नगरपालिकाले नापी विभागबाट नक्सा जारी भएको सार्वजनिक बाटो भन्दा पनि केही मिटर अर्को स्थानमा बाटो बिस्तारको काम गरेको हो ।

जसलाई अदालतले समेत व्यक्तिको जग्गा भएको कारण यसलाई कार्यान्वयन नर्गन समेत आदेश दिएको छ । २०७६/६/२५ गते आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर बुटवल ईजालासका न्याधिष दिपेन्द्र वहादुर बमको एकल ईजलासले उक्त आदेश गरेको छ ।
आदेशमा व्याक्तिगत जग्गामा सडक निर्माण गर्न नहुने र साविक बाटोमा नक्सा देखिएको स्थानबाट नै बोटो निर्माण गर्नुपर्ने भन्दै आदेश कार्यान्वनको लागि आदेश दिएको छ ।

निर्माण विस्तार गर्ने बाटो रेखाङन कार्य गरिदा साविकको नापी नक्सामा रहेको बाटो अतिक्रमण गरिएकोले व्यक्तिको जग्गाबाटा बाटो विस्तार गर्ने कार्य गरिएको अवस्थामा जग्गाधनिले साविक नक्साको केन्द्रविन्दुलाई आधार मानि बाटो विस्तार गर्नुपर्ने रीटसहित उच्च अदालत तुलसीपुर बुटवल इजालसमा निवेदन दर्ता गराएका थिए ।

हाल कि.नं. २३२ को सार्वजनिक बाटो कि.नं.१७७०, कि.नं. ५१५, कि.नं. १३६९, कि.नं. १३७०, कि.नं. १०६७ र कि.नं. ७४० का जग्गाधनिहरुले अतिक्रमण गरि भौतिक संरचना निर्माण गरेका छन् । बाटोको जग्गामा तुलसा बस्याल, डीलबहादुर खत्री, लालबहादुर रावल, पदमलाल श्रेष्ठ लगायतले भौतिक संरचना निर्माण गरेका छन् ।

मुर्गिया–सिसौडाडाको सडक बाटो विस्तार र पक्की बाटो निर्माण अघि बढाएको अवस्थामा सडक बाटो विस्तार गर्दा साविकको नक्सामा कायम रहेको बाटोको केन्द्र विन्दुदेखि दायाँ बायाँ बाटो सिमा निश्चित गरी स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा बमोजिम काम कर्तव्य सैनामैना नगरपालिकाको हो ।

साविकदेखि कायम रहि आएको सर्वे नापी नक्सामा रहेको कि.नं. २३२ को बाटोलाई आधार विन्दु मानी सो कि.नं. २३२ को जग्गालाई सडक बाटो कायम गरी विस्तार गर्नुपर्नेमा सिमा नतोकि कि.नं. ३३६ र कि.नं. २४९५ मा सबै ३० फुटे बाटो विस्तारको नापी रेखाङ्कन समेत गरि अहिले बाटो निर्माणाधीन अवस्थामा छ ।

यसरी बाटोको नक्सा एकातिर तर बाटो विस्तार एकातिर भएपछि पीडित कृष्णबहादुर थापा दिएको अदाली मुद्धा अनुसार फैसाला गर्दै साविक नक्सामा बाटो भएको अनुसार कार्यानव्ययन गर्नको लागिग आदलतले स्थानिय तह सैनामैना नगरपालिकालाई आदेश समेत दिएको छ ।

‘अदालतले बाटो विस्तार गर्दा ३३६ र २४९५ को जग्गामा बाटो पर्ने गरि बाटो विस्तार निर्माण कार्य नगर्नु नगराउनु भनी आदेश जारी गरेको हो ।
वडा नम्बर ४ का वडा अध्यक्ष धन बहादुर कार्कीले हालको बाटो व्याक्तिको लालपुर्जावाला जग्गामा गनै रहेको कुरा बताउनुभयो । उहाले नाप जाँचा अहिले अहिले बाटो विस्तार गरिएको जग्गा व्याक्तिको नाममा पर्ने कुरा प्रमाणीत समेत भैसकेको बताउनुभयो ।

उहाले भन्नुभयो–‘जग्गा धनीले नीजि जग्गामा बाटो परेको भनेर मुद्धा हाल्नुभयो, अदालतलेपनि सदर गरेको छ, हामीले यसलाई कर्यान्यवन गर्ने क्रममा छौ । ’यस विषयमा पटक पटक स्थानिय रुपमा छलफल भएको भएपनि अहिले यो कुरा नगरपालिकामा पुगेको र मेयर संग विस्तृत कुराकानी भएको उहाले बताउनुभयो । यस विषयमा पिडीतहाल नीजि जग्गामा बाटो भएकाले अदालतमा मुद्धा हालेपछि बाटो लालपुर्जा भएकै प्रमाणीत भएको र अमिन आएर नाप्दा व्याक्तिको नाममा देखिएको वडा अध्यक्षले कार्कीले जानकारी दिनुभयो ।

रोचक कुरा के छ भने सैनामैना नगरपालिकाले साविक नक्सामा भएको बाटो भन्दा छाडेर करिव ४ कठ्ठा जग्गा भन्दा यता नै बाटो रेखांकन गरी बाटो विस्तार गरिरहेको छ । अदालतको आदेश पछि बाटो निर्माण कार्य रोकीएको छ भने नीजि जग्गामा बाटो परेको भन्दै धनीले बाटोमा छेकावार(पिल्लर) समेत उठाएका छन् ।

तस्वीर : व्याक्तिगत जग्गामा विस्तार भैरहेको बाटो रोक्नको लागि कृष्ण बहादुरा थापाले लगाएको छेकबार । जुन बाटो उहाको व्याक्तिगत पुर्जाभएको बाटोमा पर्ने गरी अदालतले फैसाला गरेको छ ।

अदालतले गरेको फैसाला

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १२ : २३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान