७ चैत्र २०८२, शनिबार | March 21, 2026

चीनबाट उद्धार गरेकालाई जस्तो अब क्वारेन्टाइनमा राख्न सकिँदैन : स्वास्थ्यमन्त्री ढकाल



काठमाडौ । कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी नराख्ने बताउनुभएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने उहाँले बताउनुभयो ।

ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने उहाँले बताउनुभयो । कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने मन्त्री ढकालले बताउनुभयो । ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने उहाँको भनाई छ । युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कलबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न पनि आग्रह गरेको छ । विमानस्थल, भारतीय सीमा नाकाहरुमा स्वास्थ्य चेकजाँचको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस संक्रमित देशबाट नेपाल आउने जो कोहीलाई क्वारेन्टाइन्मा राख्ने व्यवस्थाले मात्रै संक्रमण नफैलने सुनिश्चिता गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले बताउनुभयो ।

सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स जर्मन इटाली र इरान लगायतका मुलुकबाट आउने यात्रुहरुलाई कडाई गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि अस्पतालमा चेकजाँच गर्न जानेहरुको संख्या भने बढिरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : ५६ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा