९ भदौ २०८३, मंगलबार | August 25, 2026

कोरोनाविरुद्ध लड्न भारतको कडा कदम, विश्वभरका नागरिकलाई भारत प्रवेशमा प्रतिबन्ध



काठमाडौ । सरकारको पूर्व तयारी फितलो भइरहेको भन्दै प्राणघातक कोरोना कोभिड–१९ को संक्रमण नेपाल भित्रन नदिन आलोचना भइरहेका बेला छिमेकी देश भारतले कोरोनाविरुद्ध लड्न कडा कदम चालेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारत सरकारले १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस प्रकोपले महामारी रूप लिएपछि उसले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत भोलि शुक्रबार देखि मुलुक छिर्न नदिने घोषणा गरेको हो । भारत सरकारले कोरोना भाइरसको संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने कठोर कदम उठाइएको भारतले जनाएको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिन रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।

१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् । ओसीआई कार्ड भएका प्रवासी भारतीय नागरिक लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ ।

भारतले अहिले गरिएको निर्णयको उद्देश्य भारतमा आउनसक्ने कुनै पनि भाइरस रोक्नु रहेको बताएको छ । बुधबारसम्मा भारतमा ८३ जना मानिसलाई भारतमा क्वारेन्टाइनमा राखिएको छ । जसमा एक बच्चा, नौजना भारतीय मूलका विदेशीसहितका मानिस छन् ।

उनीहरुलाई १४ दिनसम्म डक्टरको प्रत्यक्ष निगरानीमा राखिने बताइएको छ । यो अवधिमा भाइरसको कुनै लक्षण नदेखिएमा मानिसहरुलाई घर फिर्ता पठाइनेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ८ : ५५ बजे

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

नारायणगढ । चितवनको भरतपुर महानगरपालिका-१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

बैतडी । बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,