२० भदौ २०८३, शनिबार | September 5, 2026

‘चीनमा कोरोना भाईरस अमेरिकी सेनाले फैलायाे’ : चिनिया आरोप



एजेन्सी । अमेरिकी सेनाले कोरोना भाइरस बुहानमा फैलाएको चीनका एक अधिकारीले आरोप लगाएका छन । चिनिया विदेश मन्त्रालयका प्रवक्ताहरुमध्येका एक जाओ लिजिआनले अमेरिकी सेनाले नै कोविड–१९ लिएर बुहान आएको सम्भावना ब्यक्त गरेका हुन ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको सन्दर्भमा दुई मुलुकबीच चलेको वाकयुद्धका दौरान चिनिया अधिकारीको यस्तो आरोप सार्वजनिक भएको हो ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले बिहीबार प्रकाशित गरेको खबर अनुसार अमेरिकी रोग नियन्त्रण एवं रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबड रेडफिल्डले फ्लु ग्रस्त विरामीको पहिचान गर्नमा केही गल्ती भएको र सम्भवतः ति विरामी कोरोना भाइरसबाट ग्रस्त थिए भनेर स्विकार गरेका छन ।

अमेरिकामा फैलंदै गएको कोरोना भाईरसका सन्दर्भमा ग्लोबल टाइम्समा प्रकाशित खबरमा भनिएको छ, ‘अमेरिकी सरकारी प्रतिकृयामै खोट छ, महामारीका सूचनाहरु लुकाइएका छन । सामान्य फ्लु र कोरोना भाईरसबीचको फरक छुट्टयाउन नसक्नु र नश्लवादबाट प्रेरित हुँदै दिईएका प्रतिकृयामा अरुमाथी दोष थोपरिएको छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १० : ३२ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी