१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘चीनमा कोरोना भाईरस अमेरिकी सेनाले फैलायाे’ : चिनिया आरोप



एजेन्सी । अमेरिकी सेनाले कोरोना भाइरस बुहानमा फैलाएको चीनका एक अधिकारीले आरोप लगाएका छन । चिनिया विदेश मन्त्रालयका प्रवक्ताहरुमध्येका एक जाओ लिजिआनले अमेरिकी सेनाले नै कोविड–१९ लिएर बुहान आएको सम्भावना ब्यक्त गरेका हुन ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको सन्दर्भमा दुई मुलुकबीच चलेको वाकयुद्धका दौरान चिनिया अधिकारीको यस्तो आरोप सार्वजनिक भएको हो ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले बिहीबार प्रकाशित गरेको खबर अनुसार अमेरिकी रोग नियन्त्रण एवं रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबड रेडफिल्डले फ्लु ग्रस्त विरामीको पहिचान गर्नमा केही गल्ती भएको र सम्भवतः ति विरामी कोरोना भाइरसबाट ग्रस्त थिए भनेर स्विकार गरेका छन ।

अमेरिकामा फैलंदै गएको कोरोना भाईरसका सन्दर्भमा ग्लोबल टाइम्समा प्रकाशित खबरमा भनिएको छ, ‘अमेरिकी सरकारी प्रतिकृयामै खोट छ, महामारीका सूचनाहरु लुकाइएका छन । सामान्य फ्लु र कोरोना भाईरसबीचको फरक छुट्टयाउन नसक्नु र नश्लवादबाट प्रेरित हुँदै दिईएका प्रतिकृयामा अरुमाथी दोष थोपरिएको छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १० : ३२ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का