२६ आश्विन २०८३, सोमबार | October 12, 2026

नेपाल प्रवेश गर्ने पर्यटक १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सरकारको निर्णय



काठमाडौ । सरकारले नेपाल भ्रमणका लागि आउने पर्यटकका लागि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल आउने विदेशीलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

कोरोना भाइरसको रोकथाम र संक्रमण रोक्नका लागि सरकारले विदेशी नागरिकलाई निश्चित मापदण्ड पुरा गरेर मात्र नेपाल भित्रिन दिने व्यवस्था गरेको हो ।

नेपाल आउनका लागि बम्बन्धित देशमा रहेको नेपाली कुटनीतिक नियोगको स्विकृति लिएर आउनु पर्ने र त्यसरी नेपाल आइपुगेका विदेशीले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने पर्यटनमन्त्री भट्टराईको भनाइ छ ।

विदेशमा रहेका नेपाली कुटनीतिक नियोगमा स्विकृति लिनका लागि ७ दिन अगाडिसम्मको स्वास्थ्य रिपोर्ट बुझाउनु पर्नेछ । कोरोना भाइरस नभएको पुष्टि भएमा मात्र नेपाली कुटनीतिक नियोगले नेपालका लागि स्विकृति दिनेछन् ।

सरकारले अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर यस्तो निर्णय लिएको जानकारी दिदै भट्टराईले भन्नुभयो, ‘हामीले अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर यस्तो निर्णय गरेका हौँ । यसले नेपाली पर्यटन उद्योगलाई नराम्रो असर गर्छ । तर आम नागरिकको स्वास्थ्यलाई हामीले ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ११ : ४३ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई