४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुद्ध जन्मस्थलमा शान्ती प्रार्थना



रुपन्देही । कोरोना भाइरसको संक्रमण निमूर्ल होस् भन्ने कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ती प्रार्थना गरिएको छ ।

लुम्बिनी पर्यटन व्यवसायी संघको आयोजनामा कोरोना भाइरस संक्रमणका कारण विभिन्न देशमा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अपर्ण तथा संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिहिबार साँझ मायादेबी मन्दिर परिसरमा प्रार्थना गरिएको हो ।

विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक उपासिकाहरु र पर्यटन व्यसायीहरुको सहभागितामा परित्राण पाठ, शान्ती प्रार्थना र दीप प्रज्वलन गरिएको लुम्बिनी पर्यटन व्यवसायी संघका सचिव पिन्टु कशौधनले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारण पर्यटन व्यवसायमा समेत नराम्रो असर परेकाले विश्वबाटै कोरोनाको संक्रमण निर्मुल होस् भन्ने कामना गर्दै प्रार्थना गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको