५ पुस २०८२, शनिबार | December 20, 2025

एनआईसी एशिया बैंक प्रदेश ५ द्वारा ३८ लाख बीमा दावी रकम भुक्तानी



बुटवल । एनआईसी एशिया बैंकले प्रदेश ५ का शाखाहरुबाट झण्डै ३८ लाख रुपियाँ बीमा रकम दाबी भुक्तानी गरिएको छ । प्रदेश ५ का विभिन्न शाखाहरुबाट ३७ लाख ९८ हजार ७ सय ५९ रुपैयाँ बीमा दावी रकम भुक्तानी गरिएको हो ।

बैंकले औषधिउपचार बीमा दावी अन्तर्गत ३८ जनालाई १७ लाख दुई हजार ५ सय ४७ रुपियाँ भुक्तानी गरेको छ । त्यस्तै घातक रोग अन्तर्गत एकजनालाई १५ लाख र दुर्घटना बीमा अन्तर्गत ५ जनालाई ५ लाख ९६ हजार दुई सय १२ रुपियाँ भुक्तानी गरेको बैंकका प्रदेश प्रमुख तिलकसुन्दर कार्कीले बताउनुभयो ।

बैंकले अर्घाखाँची शाखाबाट चमत्कारी बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका बुद्धिराम भुसाललाई १५ लाख रुपियाँ बीमा दावी भुक्तानी गरेको हो । त्यस्तै सुनवल शाखामा न्यू प्रिमियम समुन्नत बचत खाता खोलेका देउप्रसाद गुरुङलाई दुर्घटना बीमा अन्तर्गत ४ लाख ९१ हजार २ सय ५३ रुपैयाँ प्रदान गरेको छ ।

त्यस्तै बुटवल शाखामा सुपर चमत्कारिक बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका भुमादेवी खनाललाई औषधि उपचार अन्तर्गत एक लाख ३५ हजार बीमा दावी भुक्तानी गरेको गरिएको छ । त्यस्तै मुर्गिया शाखामा सुपर चमत्कारिक बचत खाता खोलेका मननाथ गौतमलाई औषधि उपचार अन्तर्गत एकलाख ३५ हजार र ड्राइभरटोल शाखामा सुपर चमत्कारिक तलव बचत खाता खोलेका विष्णुप्रसाद भुसाललाई औषधि उपचार अन्तर्गत १ लाख ३५ हजार रुपियाँ बीमा दावी भुक्तानी गरेको हो ।

बैंकले सुपर चमत्कारिक बचत खाता अन्तर्गत डायमण्ड खाता खोल्ने १८ जना, सुपर चमत्कारिक तलव बचत खाता खोल्ने १५ जना, चमत्कारिक तलव बचत खाता खोल्ने ५ जना, चमत्कारिक बचत खाता डायमण्ड खोल्ने ३ जना, सुपर चमत्कारिक नारी बचत खाता खोल्ने २ जना र न्यू प्रिमियम समुन्नत बचत खाता खोल्ने एक जनासहित ४४ जना ग्राहकलाई बीमा दावी भुक्तानी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रदेश ५ प्रमुृख कार्कीले बताउनुभयो ।

त्यस अवसरमा बैंकका प्रदेश प्रमुख कार्कीले ग्राहक धनमाया थापालाई औषधि उपचार बीमा दावी अन्तर्गत १७ हजार ७ सय रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । भविष्यमा आउन सक्ने भवितब्य र जोखिम कम गर्न सक्ने उद्देश्यले प्रचलनमा ल्याएको सुपर चमत्कारी बचत खाता योजनाले ग्राहकको आर्थिक भार कम गर्न महत्वपूर्ण टेवा पुग्ने डाइभरटोल शाखाका प्रमुख गंगाराज सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : ०२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता