३ पुस २०८२, बिहिबार | December 19, 2025

कोरोनाले झण्डै साढे ५ हजारको ज्यान लियो, अमेरिकामा संकटकाल घोषणा



एजेन्सी । विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय १६ पुगेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ५ हजार ४ सय १६ जनाको मृत्यु भएको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ३८ देशमा पुगेको छ । अहिलेसम्म १ लाख ४५ हजार ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । ति मध्ये ७० हजार ९ सय ३१ जना निको भएका छन । कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् ।

चीनमा ८० हजार ८ सय १७ जना संक्रमित भएका छन भने ३ हजार १ सय ७७ जनाले ज्यान गुमाएका छन् । अहिले चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने क्रम जारी छ । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा भएको दाबी गरिरहँदा इटालीमा फैलने क्रम भने बढ्दो छ ।

इटालीमा अहिलेसम्म १७ हजार ६ सय ६० जनामा संक्रमण देखा परेको छ । त्यस्तै १ हजार २ सय ६६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरि इरानमा ११ हजार ३ सय ६४ संक्रमित रहेको र ५ सय १४ जनाले ज्यान गुमाएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ भने ७ हजार ९ सय ७९ जना संक्रमित छन् ।

त्यसैगरि कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : २८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको