१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

कोरोना संक्रमण विरुद्ध रोटरीमा छलफल, “कपडाको माक्स जनस्वास्थ्य हित विपरित”



बुटवल । विश्वमा नै भयावहका रुपमा संक्रमित रहेको कोरोना भाइरस (कोेभिड १९) को संक्रमणबाट बच्न आंतकित पार्ने र भ्रम फैलने सन्देश एवं गतिविधि नगर्न स्वाश्थ्य विज्ञहरुले सुझाव दिएका छन् ।

कोरोनाका विषयमा सर्वसाधारणलाई त्यसबाट बच्ने उपायका रुपमा दिने गरिएका कतिपय सुझाव र फैलाइएका सन्देशहरु बढी आंतकित गराउने खालका भएका कारण सचेत हुन आग्रह पनि उनीहरुले गराएका छन् ।

रोटरी क्लब अफ बुटवलले आफ्नो १३०२ औं नियमित बैठकका अवसरमा शनिवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ स्वाश्थ्य निर्देशनालयका निर्देशक डा.विनोद गिरीले सामाजिक सञ्जालमा आएका सुचनाहरुले भ्रम छर्ने काम गरेको हुदा कोरोनाका बारेमा स्वाश्थ्यकर्मी तथा फोकलपर्सनहरुले दिएका सुझाव र सल्लाहाअनुसार गतिविधि गर्न आग्रह गर्नुभयो । डा. गिरीले हामीले पब्लिक हेल्थका विषयमा बोल्दा र सुझाव दिदा एकरुपता ल्याउनु जरुरी भएको भन्दै कोरोना नेपालमा नभएको र हामी जन्माउन पनि नसक्ने हुदा त्रसित होइन सचेत हुनु जरुरी रहेको बताउनु भयो ।

डा. गिरीले बजारमा कोरोनामा नाममा वितरण गरिएका कपडाका माक्सहरु जनस्वाश्थ्य हित विपरित भएको हुदा त्यसको प्रयोग नगर्न आग्रह पनि गर्नु भयो । उहाले अस्पताल, हेल्थ डेस्क तथा सरकारले तोकेका फोकल पर्सनबाट मात्र कोरोनाका बारेमा जानकारी लिने र संक्रमणको संका भएमा स्वाश्थ्य उपचारको लागी संपर्क गर्न आवहान गर्नु भयो ।

निर्देशक डा. गिरीले कोरोनाको संक्रमण भएका देशमा रहेका वा विदेशबाट आएका व्यक्तिहरुमा मात्र यस्को संक्रमण डर हुने हुदा त्यसको निगरानी नै पहिलो प्राथमिकता हुनु पर्ने बताउदै यसको सबैभन्दा बढी रिस्क उपचारमा संलग्न हुने स्वाश्थ्यकर्मी र संक्रमितको परिवारको सदस्य हुने जानकारी दिनु भयो ।

उहाले ५ नं. प्रदेशमा मेडिकल माक्स र स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने सामाग्रीको अभाव रहेको हुदा त्यसको उपलब्धताका लागि सामाजिक संघसंस्थाहरुले दातृनिकायहरुसंग पहल गर्न आग्रह गर्नु भयो । यस प्रदेशमा ल्यावटेष्टका लागि ३ जना प्राविधिकलाई विषेश तालिम दिएर प्रयोगशाला सञ्चालनमा ल्याएको जानकारी उहाले दिनु भएको थियो ।

सो अवसरमा स्वाश्थ्य निर्देशनालय प्रदेश नं. ५ का प्रवक्ता रोशनलाल चौधरीले जनशक्तिको अभावकावीच पनि कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि काम भैरहेको बताउदै सर्वसाधारण नागरिक आंतकित भएर होइन सचेत भएर आफै लाग्नु पर्ने सुझाव दिनु भयो ।

चौधरीले प्रदेशमा विभिन्न सरकारी तथा नीजि अस्पतालहरुमा हालसम्म ८९ वेड आइसोलेसनका लागी तयार गरिएको जानकारी दिदै क्वारेन्टाइनको व्यवस्था पनि छिटै गरिने बताउनु भयो । उहाले प्रदेश ५ मा तीन ठाउमा क्वारेन्टाइनको व्यवस्था गर्न थालिएको बताउनु भयो । उहाका अनुसार बुटवलमा बुटवल धागो कारखाना भवन, दाङमा वेलझुल्डीमा रहेको अर्युवेदिक अस्पतालको भवन र बाकेमा खजुरास्थित कपाल निगमका भवनलाई क्वारेन्टाइन क्षेत्र तोकिने तयारी भएको छ ।

क्लबका अध्यक्ष डिल्ली कुमार श्रेष्ठको अध्यक्ष्तामा भएको कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख ताराप्रसाद उपाध्याय, कृष्णप्रसाद पराजुली, मधु अर्याल, मणीरत्न पाण्डे, विन्धाकेशर जोशी लगायत बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन क्लबका सचिव रोमनाथ शर्मा र स्वागत गोपाल बस्यालले गर्नु भएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ३३ बजे

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री