४ पुस २०८२, शुक्रबार | December 19, 2025

माक्सको कालोबजारी गर्ने आठ जना पक्राउ



काठमाडौ । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई पक्राउ गरी लुकाएर राखिएको ७८ हजार मास्कसमेत बरामद गरेको छ ।

उनीहरुले रु पाँच पर्ने मास्कलाई रु ३१ सम्म लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोकका मिन्टु तामाङ, ललितपुर सातदोवाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई नागर्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की, नागार्जुन नगरपालिका–२ का उज्ज्वल अधिकारी, रामेछाप घर भई ललितपुर बस्ने शिव खड्का र काभ्रे घर भई स्वयम्भु बस्ने निशान तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँ डल्लु आवसमा मिन्टु तामाङले सञ्चालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसबाट उक्त परिमाणको मास्क बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

उनीहरुलाई कालोबजारी ऐनअन्र्तगत कारवाही गर्ने प्रहरीले जनाएको छ । प्रहरीले खाद्यान्न र औषधीजन्यलगायतका चिज वस्तुहरुको कृतिम अभाव सृजना गर्ने, भण्डार गरी लुकाउने र कालोबजारी गर्ने गरेको सूचना भए खबर गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १० : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको