७ चैत्र २०८२, शनिबार | March 21, 2026

माक्सको कालोबजारी गर्ने आठ जना पक्राउ



काठमाडौ । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई पक्राउ गरी लुकाएर राखिएको ७८ हजार मास्कसमेत बरामद गरेको छ ।

उनीहरुले रु पाँच पर्ने मास्कलाई रु ३१ सम्म लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोकका मिन्टु तामाङ, ललितपुर सातदोवाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई नागर्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की, नागार्जुन नगरपालिका–२ का उज्ज्वल अधिकारी, रामेछाप घर भई ललितपुर बस्ने शिव खड्का र काभ्रे घर भई स्वयम्भु बस्ने निशान तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँ डल्लु आवसमा मिन्टु तामाङले सञ्चालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसबाट उक्त परिमाणको मास्क बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

उनीहरुलाई कालोबजारी ऐनअन्र्तगत कारवाही गर्ने प्रहरीले जनाएको छ । प्रहरीले खाद्यान्न र औषधीजन्यलगायतका चिज वस्तुहरुको कृतिम अभाव सृजना गर्ने, भण्डार गरी लुकाउने र कालोबजारी गर्ने गरेको सूचना भए खबर गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १० : ०० बजे

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान