१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

असिनापानीले तरकारी र गहु बाली नष्ट, किसान चिन्तित



बाजुरा । शनिबार बाजुरामा परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको तल्लो भेगका बूढीगङ्गा, बडीमालिका नगरपालिका सहित अधिकांश स्थानीय तहका अन्न बालीमा करिब एक घण्टा बढी समयसम्म परेको असिनापानीले नष्ट पारेको छ ।

पाक्न लागेको गहुँ, पाकिसकेको जौ र तरकारी बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशीले असिनापानीले पुर्याएको क्षति बारे एकीन विवरण नआइसकेको बताउनुभयो ।

त्रिवेणी नगरपालिका–३ का वडाअध्यक्ष मीन भण्डारीले असिनापानी गहुँ बालीलाई नराम्रो क्षति पुर्याएको बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहमा जेठ र असारसम्म गहुँबाली पाक्ने गरे पनि त्रिवेणी, बूढीगङ्गासहितका स्थानीय तहमा चैतको शुरुमै काट्न थाल्ने गरेका छन् ।

यो क्षेत्रलाई बेंसी र बढी उत्पादन हुने क्षेत्रका रूपमा पनि लिने गरिन्छ । क्षतिको यथार्थ विवरण सङ्कलन गरी किसानलाई राहतको व्यवस्था गर्न ज्ञान केन्द्रले आग्रह गरेको केन्द्रका निमित्त प्रमुख गोविन्द सिजापतीले बताउनुभयो । उहाले क्षतिको विवरण सङ्कलन गर्ने काममा जुट्न वडा कार्यालयलाई आग्रह गर्नुभयो ।

क्षतिको यथार्थ विवरण सङ्कलन गरी किसानलाई राहतका लागि पहल गर्ने बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले पनि जानकारी दिनुभयो । कृषि शाखाले प्रत्येक वडामा क्षतिको विवरण सङ्कलन गर्न प्राविधिक टोली पठाउने उहाले बताउनुभयो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : ५४ बजे

२७ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले