६ श्रावण २०८३, बुधबार | July 22, 2026

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट र ठगी मुद्दामा सजाय तोकिएर फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार राजश्व चुहावट मुद्दामा उच्च अदालत पाटनको २०८१ वैशाख १७ गतेको फैसलाअनुसार ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय तोकिएका सर्लाही ब्रह्मपुरी नगरपालिका-२ का ३१ वर्षीय प्रविण कुमार महतोलाई पक्राउ गरिएको हो । हाल काठमाडौंको कुलेश्वरमा बस्दै आएका उनलाई चैत २७ गते कुलेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

यस्तै, ठगी मुद्दामा उच्च अदालत पाटनको २०८२ वैशाख २ गतेको फैसलाअनुसार २५ हजार रुपैयाँ जरिवाना र २ वर्ष ६ महिना कैद सजाय तोकिएका बाग्लुङका ५२ वर्षीय महेन्द्र केसीलाई पनि पक्राउ गरिएको छ । काठमाडौंको सामाखुसीमा बस्दै आएका केसीलाई चैत २७ गते त्यहीँबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

केसी युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालकसमेत रहेको प्रहरीले उल्लेख गरेको छ । दुवै अभियुक्तविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : १८ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९