५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलका अस्पतालमा थपिदै आइसोलेसन बेड



बुटवल । कोरोना भाइरस प्रकोपको पूर्वतयारीका लागि बुटवलका अस्पतालहरुमा आइसोलेसन बेड थपिदै गएका छन् । बुटवल उपमहानगरपालिका र प्रदेश ५ सरकारको पहलमा बुटवलका आधा दर्जन अस्पतालहरुमा २७ वटा आइसोलसन बेडको व्यवस्थापन भएका हुन् ।

बुटवल उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार मेडिटेक अस्पतालमा ६ बेड, मर्सिसिटी अस्पतालमा २ बेड, लुम्बिनी सिटी अस्पतालमा ४ बेड, सिद्दबाबा अस्पतालमा ५ बेड, तिनाउ इन्टरनेशनल अस्पतालमा ८ बेड आइसोलेसनका लागि छुट्याइएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलका सबै अस्पतालहरुमा पत्राचार गरी यो व्यवस्था गरेको हो । ति अस्पतालहरुले आइसोलेसन बेडको व्यवस्था गरी फोकल पर्सन समेत तोकेको उपमहानगरका जनस्वास्थ्य शाखाका अधिकृत यमलाल भुसालले जानकारी दिनुभयो । लुम्बिनी प्रादेशिक अस्पतालमा यस अघि नै प्रदेश सरकारको निर्देशनपछि २ वटा आइसोलेसन बेडको व्यवस्था भइसकेको छ ।

अरु अस्पतालहरुले पनि आइसोलेसन बेडको तयारी गरी जानकारी गराउने सूचना गरेको नगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो । बुटवल उपमहानगरले वडा मार्फत कोरोनाको बिषयमा सचेतनामूलक पम्पलेट वितरण गर्नुका साथै ठाउँ ठाउँमा व्यानरहरु राखिएको जनाएको छ । त्यसैगरी उपमहानगरले आफ्ना कर्मचारीहरुलाई कोरोनाको बिषयमा अभिमुखिकरण गरिसकेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अस्पतालमा त्यस्ता बिरामी नआएको हुदा अस्पतालको अरु सेवा प्रभावित नहुने गरी अहिलेलाई २ वटा मात्रै आइसोलेसन बेडको व्यवस्था गरिएको बताउनुभयो । आवश्यक देखिने बित्तिकै अरु बेडको व्यवस्था गर्न अस्पताल सक्षम रहेको उहाको भनाई छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले प्रदेशका अस्पतालहरुबाट आइसोलेन बेडको संख्या, फोकल पर्सनको नाम र सम्पर्क नम्बर प्राप्त भएको जानकारी गराउनुभयो । उहाका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा २ बेड, भेरी अस्पताल, बाँकेमा ४ बेड, पृथ्वीचन्द्र अस्पताल, परासीमा ५ बेड, कपिलवस्तु अस्पतालमा ४ बेड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा १० बेड, देवदह मेडिकल कलेजमा १५ बेड आइसोलेसनका लागि छुट्याइएको छ । त्यसैगरी लुम्बिनी मेडिकल कलेज, पाल्पामा १० बेड, यूनिभर्सल मेडिकल कलेज, भैरहवामा १० बेड, नेपालगंञ्ज मेडिकल कलेज, कोहलपुरमा ६ बेड, मिसन अस्पताल, पाल्पामा ६ बेड, बर्दिया अस्पतालमा २ बेड, गुल्मी अस्पतालमा ७ बेड, राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा ३ बेड र भीम अस्पताल भैरहवामा ४ बेड आइसोलेसनका लागि छुट्याइएका छन् ।

प्रदेश ५ सरकारका अनुसार प्रदेश ५ मा ८९ वटा आइसोलेसन बेड तयार भएको जनाएको छ । ति बेडहरु प्रदेशका १४ अस्पतालमा छुट्याइसकिएको र आवश्यक देखिए बढाउन सकिने गरी योजना गरिएको प्रदेश सरकारको भनाई छ । प्रदेश सरकारले प्रदेशमा रहेका १८ वटा अस्पताललाई पूर्वतयारी स्वरुप आइसोलेसन बेड, फोकल पर्सन र सम्पर्क नम्बरसहित खुलाउनका पत्राचार गरेको थियो । प्रदेश सरकारको पत्राचार स्वरुप १४ वटा अस्पतालले विवरण पठाईसकेको जानकारी गराएको हो । बुटवल उपमहानगरपालिकाको पहलमा थपिएका अस्पताल जोड्दा प्रदेश ५ मा यसको संख्या १९ पुगेको छ भने आइसोलेसन बेड संख्या १ सय १४ पुगेको छ ।

प्रदेश सरकारले बुटवलमै छुट्टै आइसोलेसन अस्पताल स्थापनाको तयारी गरेको छ । त्यसको लागि तिलोत्तमा नगरपालिकाले चासो दिएको उसले जनाएको छ । नेपालगञ्ज, दाङ र बुटवलमा क्यारेनटाइन बनाउनका लागि ठाउँ खोजिरहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालको भनाई छ । हामीले सेना र प्रहरीलाई भनिसकेका छौं मन्त्री बरालले भन्नुभयो, उहाँहरुले ठाउँ हेरिरहनुभएको छ । उनले सेना र प्रहरीका अस्पताललाई छुट्टै आइसोलेसन अस्पताल बनाउने कि भन्ने बिषयमा पनि कुराकानी भइरहेको बताउनुभयो ।

यो समाचार बुटवल टुडेको लागि कृष्ण मल्लले लेख्नुभएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ९ : ५५ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य