२२ भदौ २०८३, सोमबार | September 7, 2026

उद्योगी, मजदुर र मजदुरका नेताका बीचमा अभिमूखिकरण



रुपन्देही । श्रमिकका हकहीत तथा अधिकारका बारेमा उद्योगपति (मालिक), मजदुर र तिनका अगुवा (नाइके)का बीचमा संयुक्त अभिमूखिकरण कार्यक्रम भएको छ । रुपन्देहीको तिनपा १४ कोटिहवामा रहेको सिद्धार्थ इट्टा उद्योगमा मजदुर हकहीतका बारेमा श्रब्यदृश्य मार्फत अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

इट्टा उद्योगका मजदुर र तिनका बालवालिकाहरुका पक्षमा काम गर्दै आएको घर–घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल र ग्लोबल फेयरनेश इनिसियटिभको साझेदारीमा सञ्चालित बेटर व्रिक नेपाल परियोजनाको ओयोजनामा मजदुर हकहीतका बारेमा अभिमूखिकरण भएको थियो ।

सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउँदै स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने विषयलाई संविधानले नै व्यवस्था गरेको छ ।
मर्यादित श्रमको अवधारणा अनुरुप सबै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा प्रत्याभूत गर्ने, बालश्रमलगायत श्रम शोषणका सबै रुपहरूको अन्त्य गर्ने र व्यवस्थापनमा श्रमिकको सहभागिता सुनिश्चित गर्ने विषयलाई संविधानले नै व्यवस्था गरेको छ ।

संविधानमा व्यवस्था भएका यीनै विषय र अभियानरत संस्थाका कार्यक्षेत्र तथा अधिकारका विषयलाई समेटेर श्रव्यदृष्य मार्फत नाइके तथा कामदार अभिमुखिकरण कार्यक्रम गरिएको परियोजनाका प्रतिनिधि दिवास घिमिरेले जानकारी दिनुभयो । उद्योग सञ्चालक लक्ष्मी पाठकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परियोजनाका प्रतिनिधि दिवास घिमिरे, मनोज गिरीलगायतले बिबिएन परियोजनाका ५ मापदण्ड र ९ सेसनका बारेमा जानकारी दिनुभएको थियो ।

उक्त संस्थाले कामदारका बालबालिकालाई शिक्षाको उज्यालो प्रदान गर्ने उदेश्यले उद्योगमै बालबिकास केन्द्र स्थापना गरी पठनपाठनको व्यवस्था मिलाएको छ ।
उद्योग सञ्चालक पाठकले उद्योगलाई कामदारमैत्री बनाउन आफुले हरसम्भव प्रयास गरिरहेको र श्रमिकको हकअधिकारका बारेमा आफु सचे रहेको बताउनुभयो ।
उद्योगका व्यवस्थापक ईश्वरीप्रसाद वस्तीले बिबिएन नेपालका ५ मापदण्ड अनुरुप नै उद्योगमा वालश्रम निषेध गरिएको, कार्यघण्टा तथा ज्यालाको व्यवस्थापन भएको, इच्छा विपरीत काममा नलगाएको र अमानवीय व्यवहार नभएको प्रष्ट पार्नुभएको थियो ।

उद्योगका लेखा प्रमुख गोविन्द खड्काले कामदारहरुले हकहीतका अतिरिक्त वित्तीय साक्षरता गराउने काम भएको र बचत गर्ने बानीको समेत विकास गरिएको बताउनुभयो ।  कार्यक्रममा बोल्दै नाइके सन्तराज चौधरी, डाक्टर हरिजन, कामदार मात्रिका चौधरीले उद्योगको व्यवस्थापनमा आफुहरु सन्तुष्ट रहेको बताउनुुुभएको थियो । अभिमूखिकरण कार्यक्रमहरुले मजदुरहरुलाई वित्तीय रुपमा साक्षर बनाउने र हकहीतका बारेमासमेत सचेत बनाउने भन्दै निरन्तरता दिन जरुरी रहेको बताउनुभएको थियो ।

सोही अवसरमा उद्योगबाट बालशिक्षा भन्दा माथिल्लो कक्षाका लागि पढन जाने बालबालिकालाई प्रोत्साहन गर्नका लागि वभनी भूपू सैनिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो ।
साथै उद्योगमै सञ्चालन भैरहेको सिद्धार्थ कमलराज बालविकाश केन्द्रका बालबालिकाहरुलाई समेत खेलकुद सामाग्री सहित पोसाक वितरण गरिएको संस्थाका प्रतिनिधि घिमिरेले जानकारी दिनुुुभयो ।

अभिमूखिकरण कार्यक्रमको सञ्चालन सामाजिक परिचालक मनोज गिरीले गर्नुभएको थियाे । यससंस्थाले प्रदेश ५ का विभिन्न १४ वटा ईटा उद्योगमा मजदुरमैत्री र उद्योगलाई गुणस्तरीय उत्पादनमा टेवा पु¥याउने खालका कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ३० बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११