४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोनाको संभावित महामारीको जोखिम रोक्न आफैले रेखदेख गरेको छु : प्रधानमन्त्री ओली



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित महामारीको जोखिमलाई ध्यानमा राख्दै रणनीति बनाएको बताउनुभएको छ ।

कोरोना भाइरसको महामारीबारे सार्क राष्ट्रका नेताहरुबीच आज सांझ भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले संभावित महामारीको जोखिमलाई बुझेर रोकथामका लागि कयौँ उपाय अपनाएका बताउनुभयो ।

ओलीले नेपालले भाइरस रोक्न गरेको प्रयासलाई आफैँले रेखदेख गरिरहेको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्स महत्वपूर्ण र समय सान्दर्भिक रहेको बताउंदै कन्फ्रेन्स आयोजना गरेकोमा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभयो । ओलीले आफूलाई स्वास्थ्यलाभको कामना गरेकोमा पनि सबै सार्क नेताहरुलाई धन्यवाद दिनुभयो ।

ओलीले नेपालमा एक जनामा कोरोना भाइरसको शंकास्पद संक्रमण देखिएको तर अहिले संक्रमण नरहेको स्पष्ट पार्नुभयो । उहांले पर्यटकलाई अनअराइभल भिसा रोकेको, विदेश जानेलाई श्रम स्वीकृति बन्द गरेको, केन्द्र, प्रदेश र स्थानीय तहमा भाइरस रोकथामका लागि समिति बनाएको बताउनुभयो । सार्क राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुबीच भिडियो कन्फ्रेन्स भएको थियो । तर, पाकिस्तानबाट भने स्वास्थ्य राज्यमन्त्रीको सहभागिता रहेको थियो ।

भिडियो कन्फ्रेन्समार्फत भारतका प्रधानमन्त्रीले तत्कालका लागि सार्कस्तरीय आकस्मिक कोष स्थापनाका लागि गर्नुभएको प्रस्तावको सदस्य राष्ट्रका नेताहरुले समर्थन जनाउनुभयो । कोषमा भारतले १ करोड अमेरिकी डलर जम्मा गर्ने मोदीले घोषणा गर्नुभयो । सार्क नेताहरुले महामारीसँग डराउनुभन्दा एकजुट भएर सामना गर्ने सार्क नेताहरुको दृढता व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ९ : ५८ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा