७ चैत्र २०८२, शनिबार | March 21, 2026

कपनबाट ठूलो परिमाणमा मास्क बरामद, सात पक्राउ



काठमाडौ । काठमाडौंको कपनबाट आइतबार प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ ।

लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो ।

कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाका अनुसार उनीहरुले सञ्चालन गरेको अर्काे सतुङ्गलको गोदाममा पनि ठूलो परिमाणमा मास्क रहेकाले आइतबार सिल गरेर राखिएको र आज पुनः कारवाही चलाइने छ र यसअघि शनिबार प्रहरीले काठमाडौँको डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुले पाँच रुपैयाँ पर्नै मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले काठमाडौँमा खोजी अभियान जारी राखेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ५ : ४८ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका