१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

अज्ञात समूहद्वारा डोजरमा आगजनी



म्याग्दी । अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो ।

आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रहरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले आगो निभाएका थिए । आगजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको उहाले बताउनुभयो । सडक नजिकै पार्किङ गरेका निर्माण उपकरण आगजनी भएको कम्पनीका सञ्चालक सोमनाथ थकालीले बताउनुभयो । उहाका अनुसार आगजनीबाट रु एक करोडभन्दा बढीको क्षति भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत लाम्पाटादेखि दरवाङ जोड्ने छ किलोमिटर सडक कालोपत्रे गर्न क्याराभान कन्ट्रक्सन कम्पनीले गत जेठमा ठेक्का लिएको थियो । म्याग्दीमा यसअघि गत साउनमा बेनी नगरपालिका–५ बगुवाखोलामा बिएन कन्ट्रक्सनका तीन वटा स्काभेटरमा अज्ञात समूहले आगजनी गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : ३८ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का