४ पुस २०८२, शुक्रबार | December 19, 2025

धरहराको प्रगति : दशौँ तला ढलानको तयारी



काठमाडौ । चार वर्ष अघिको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माणको १०औँ तला ढलानको तयारी भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १०औं तलाको ढलान हुने जानकारी दिनुभयो ।
यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतले आज धरहरा र रानीपोखरी पुनःनिर्माणको अवलोकन गर्नुभएको छ ।

रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीए र तुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठले तोकिएको समयभित्र आफ्नो जिम्मेवारीको काम सम्पन्न हुने बताउनुभयो ।

उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध र वरिपरिको क्षेत्रमा पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसहितको टोलीले पूर्व निर्धारित समयमा धरहरा र रानीपोखरी पुनःनिर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको