५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपालमा परीक्षण गरिएका ४६७ मा ‘कोभिड–१९’ को नतिजा ‘नेगेटिभ’



काठमाडौ । नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् सकारात्मक आएको बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको कार्यक्रममा उनले भने, “वृद्धवृद्धामा बढी स्वासप्रश्वासको समस्या हुने भएकाले विश्वमा कोरोनाका कारण बढी तिनकै मुत्यु भएको देखिन्छ, कोरोना विशेष गरी ७८ प्रतिशत ज्वरो, ६७ दशमलव सात प्रतिशत सुक्खा खोकी, १८ दशमलव छ प्रतिशत स्वास फेर्ने कठिनाइका कारण हुने गर्छ ।”

मुलुकका १८ जनस्वास्थ्य विज्ञ कोरोना परीक्षण गर्न परिचालित छन् । मन्त्रालयले नेपाल प्रवेश गर्ने ४३ नाकामा सहायता कक्ष राखेको बताइएको छ । नेपालका तीन अस्पतालमा सघन उपचार गरिने व्यवस्था मिलाइएको सिंहले जानकारी दिनुभयो । “मुलुकमा कोरोनाको सङ्क्रमण फैलियो भने जनता भोको हुन्छ भनी सरकारले छ महिनालाई पुग्ने अन्न पनि भण्डारण गरेको छ”, उहाले भन्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. वासुदेव पाण्डेले हरेक व्यक्तिले आफ्नो सरसफाइ र सामाजिक वातावरणमा ख्याल गरी ध्यान पु¥याउँदा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने औँल्याउनुभयो ।

उहाले भन्नुभयो, “आज हरेक नेपालीको दिमागमा कोरोनाको त्रास छ, यसलाई तपाईहरुले हटाउनुपर्छ, विश्वमा सूक्ष्म जीवाणु (भाइरस) स्वासप्रश्वासबाट यसअघि सन् २००४ मा एचएसएनए, सन् २००५ मा एचएसएन–७, सन् २००९ मा एचवानएन–१, २०१२ मा एमइआरएस–कोभ, सन् २०१८ मा निपाच सूक्ष्म जीवाणु र २०१९ मा कोभिड–१९ गरी पटकपटक आएको देखिएको हुँदा यसबाट डराएर भाग्नाका साथै समाधानमा लाग्नुपर्छ ।”

घर वा कार्यालयमा दैनिक मास्क, स्यानीटाइजर र साबुनपानीको प्रयोग गरी स्वस्थ्य खानाको सेवन गरेर नेपालीले कोरोनाको डर हटाउनुपर्ने पाण्डेको भनाइ थियो ।

नास्टका मुख्य वैज्ञानिक अधिकृत कान्ति श्रेष्ठले हरेक रोगलाई जित्न सक्ने सामथ्र्य मानिसले बनाउँदै सूक्ष्म जीवाणु नियन्त्रण गर्न सक्ने सुझाव दिनुभयो । उहाले भन्नुभयो, “हरेक दिन ५० देखि ७० खर्ब जीव मानिसको शरीरबाट मर्ने तथा नयाँ बन्ने गर्छन्, हामीले कुनै पनि सङ्क्रमणबाट बच्न भिटामिन सी, डी र ई भएका खानेकुरा खानुपर्छ, घरेलु औषधिमा बेसार, अदुवा, सिलाम, तुलसी, सुपारी, दालचिनी, घरेलु महजस्ता चिजले मानिसको सामथ्र्य बढाउने हुँदा यसको प्रयोग गर्नुपर्छ ।”

ललितपुर महानगरपालिका– २४ का वडाध्यक्ष दिनेश कार्कीले कोभिड–१९ को सङ्क्रमणबाट जनतालाई बचाउन महानगरले मास्क निर्माण गरी रु १७ मा तयार गरिएको मास्कलाई महानगरपालिकाले रु १० र व्यक्तिले रु सात तिर्ने व्यवस्था गरिदिने निर्णय भएको बताउनुभयो । उहाले भन्नुभयो, “स्यानीटाइजर निर्माणको तालीम सम्पन्न भएपछि ललितपुरका घरघरमा यसलाई पु¥याउनेछौ ।”

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्वकर्मचारी एवं वैैज्ञानिक डा. किरणराज जोशीले मानिसमा रहेको कोरोनाको त्रास हटाउन महानगरपालिकाले मास्क र स्यानीटाइजर अनिवार्य प्रयोग गर्ने अभियान सञ्चालन गर्न जरुरी रहेको औँल्याउनुभयो ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरका डा। मुरारीमान श्रेष्ठले स्थानीय अल्कोहल प्रयोग गरी स्यानीटाइजर निर्माण गरे जस्तै जडीबुटी प्रयोग गरेर पनि हाते स्यानीटाइजर निर्माण गर्न नास्टका वैज्ञानिकलाई सुझाव दिनुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ३० बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले