७ चैत्र २०८२, शनिबार | March 21, 2026

काठमाडौँलाई हेटौँडासम्म जोड्ने वैकल्पिक सडक कान्ति लोकपथ : अहिले नै विकल्प बन्न नसक्ने



काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कान्ति लोकपथमा भौगर्भिकलगायत अध्ययन गरी आगामी वर्षको फागुनसम्ममा काम सक्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

विसं २०१२ देखि शुरु भएर पटक–पटक रोकिँदै आएको लोकपथका समस्या समाधान गर्नुपर्ने माग गर्न वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलको नेतृत्वमा यस क्षेत्रका सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको माग सोमबार मन्त्रालयमा सम्बोधन गर्नुहुँदै उहाँले निर्माण व्यवसायीलाई काम छिटो गर्न पत्र काटी काम नगर्नेलाई कालोसूचीमा राख्न सिफारिस गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

“भौगर्भिक रुपमा ठूलो समस्या भएका स्थानमा एलाइनमेन्ट परिवर्तन गर्न सकिन्छ, आइपरेका समस्या समाधान गरेर काम अघि बढाउनुस्, तालिका अनुसार आयोजनाले काम गर्नु प¥यो, अब तोकिएको समयमा काम सक्नुपर्छ”–उहाँले भन्नुभयो । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले स्थलगत अनुगमनका क्रममा लोकपथको ७९ किमीमध्ये करिब चार किमीमा भौगोलिक अवस्थाका कारण अप्ठ्यारो देखिएको बताउनुभयो ।

“सडकमा पहिरो लागेको स्थानमा जोगाउन अर्को आयोजना शुरु गर्नुपर्ने अवस्था देखियो, सडकको भौगर्भिक अध्ययन पनि गरिनुपर्छ, आयोजनाका लागि आगामी आर्थिक वर्षका लागि थप बजेटको व्यवस्था होस्”, उहाँले भन्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अहिले कान्ति लोकपथ काठमाडौँलाई हेटौँडासम्म जोड्ने वैकल्पिक सडकका रुपमा प्रयोग गर्न नसकिने बताउनुभयो । निर्माणाधीन सडक भएकाले फर्पिङ सडकको अहिले नै विकल्प बन्न नसक्ने उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हलुका सवारी साधन गुडिरहेका छन् तर सडकमा विभिन्न खण्डमा निर्माण सकिएको छैन ।”

आयोजना कार्यालयका प्रमुख गनेन्द्र झाले लोकमार्गमा अहिले कतै पनि ठेक्का तोड्नुपर्ने गरी समस्या नभएको बताउनुभयो । भालुखोलामा रहेको ढुङ्गाखानीका कारण लोकमार्गमा पहिराको जोखिम रहेको बताउनुभयो । सडकको अधिकार क्षेत्रमा रहेका घरहरुको अधिग्रहणका लागि प्रक्रिया शुरु भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उद्योगका लागि बनाइएका पहुँच सडकका कारण पनि विभिन्न किसिमका समस्या आइरहेको छ ।”

वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले निर्माण शुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न नभएकाले स्थानीयवासीले हैरानी बेहोरिरहेका बताउनुभयो । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले ठेक्का सम्झौता भएको निर्माण कम्पनीले पनि सहायक ठेक्कामा जिम्मेवारी दिएकाले ढिलाइ भइरहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले थोरै सडकमा मात्रै निर्माण हुन बाँकी भए पनि यसले यस क्षेत्रका जनताको जीवन सहज हुन नसकेको उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य लालकुमारी पुनले लेलेबाट गोटिखेल हुँदै ठूला दुर्लुङ सडक निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ३५ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका