४ पुस २०८२, शुक्रबार | December 19, 2025

उपभोक्तालाई ग्यास पाउन हम्मे, मन्त्रीले ढाँटे कि व्यापारीले लुकाए ?



काठमाडौ । काठमाडौ उपत्यकाका ग्याँस डिलरकहा जाने हो भने ग्याँस पाउन मुस्किल छ । नेपाल आयल निगमले नियमित रुपमा ग्याँस आपूर्ति बढाउँदै लगिरहेको दाबी गरे पनि बजारमा अधिकांश ग्याँस बिक्रेताहरुले ग्याँस नै नआएको गुनासो गर्छन् ।

कोराना संक्रमणको त्रासले गर्दा आम उपभोक्ताले आवश्यकभन्दा बढी साम्रागी जोहो गर्न खोज्दा बजारमा नुन तेलदेखि खाद्यवस्तुको बिक्री बढिरहेको छ । आम सर्वसाधारणले त ग्याँस पाएका छैनन् छैनन्, काठमाडौबाट निर्वाचित सांसदले समेतले ग्याँस नपाएको गुनासो गर्न थालेका छन् ।

नेपाल आयल निगमले बिगतको भन्दा बढी ग्याँस आइरहेको जनाएको छ । उपभोक्ताले आफ्नोमा खाली सिलिन्डर एकै पटक ल्याएका कारण ग्यासको अभाव भएको निगमको तर्क छ । अर्कातर्फ कोरोनाको कारण भारतसंगको नाका बन्द भयो भने आयातमा समस्या भएर अभाव हुने आम उपभोक्ताको बुझाइ रहेको छ । आयल निगमले ग्यास तथा अन्य बस्तुको आयात बढाउदै गए पनि किन आम उपभोक्ताले सहज रुपमा पाउन सकिरहेका छैन । आम सर्वसाधारणमा कोरोनाको क्रासले एक्कै पटक माग बढ्दा ब्यापारीहरुले समेत कालाबजारी गर्न थालेका छन । डिलरमा ग्यास हुदै हुदै पनि व्यपारीको मंहगोमा बेच्नका लागि लुकाउन सक्ने हुदा अनुगमनमा कडाई गर्नु पर्न जोडमा सांसदको जोड छ ।

अहिले नियमित रुपमा ग्यास आपूर्ति भइरहेको र खपतको तुलनामा ग्यास आयात बढीरहेकोले आम उपभोक्ताले अनावश्यक रुपमा भण्डार नगर्न निगमले भने पनि जनता विश्वस्त हुन सकिरहेका छैनन् । भारतबाट ग्यास लगायत पेट्रालियम पर्दाथको आयात निर्वाध रुपमा भइरहेकाले बजारको अभाव केही दिनका लागि मात्र हुने निगमको तर्क छ ।

यसरी आयल निगमले चाहिएको जति ग्यास दिइरहेको दाबी गरे पनि ग्यास उद्योगले आफना् बिक्रेतालाई मागअनुसार ग्यास नदिंदा पसल बन्द गरेर बसेका छन । आफनो पालोमा आएको ग्यास एकै दिनमा सकिने भएपनि अर्काे पालो नपाउनेसम्म राजधानीका अधिकांश ग्यास बिक्रेताका पसल बन्द हुने गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ४१ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा