२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवलमा पहिलो पटक ‘महिला जुवाडे’ प्रकाउ



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले जुवा खेलिरहेका ४ महिला सहित ५ जनालाई प्रकाउ गरेको छ । बुटवल सुख्खानगरको एक घरको तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरेको इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्राईले जानकारी दिनुभयो ।

महिलाहरुलाई प्रहरीले प्रक्राउ गरेपछि महिलाका परिवार, आफन्त र छरछिमेकमा हल्लिखल्ली मच्चिएको छ । महिलाहरु समुहमा तास खेलिरहेको बेला प्रहरीले पक्राउ गरेको यो पहिलो घटना हो ।

प्रकाउ परेका उनीहरुबाट ६० हजार नगद सहित ४ बुक तास समेत बरामद गरेको प्रमुख भटराईले बताउनुभयो । प्रकाउ परेका उनीहरुलाई थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

महिलाहरु मात्र मिलेर तास खेलेको अवस्थामा पक्राउ परेको यो घटना बुटबलमा पहिलो हो । समुहमा महिला पुरुष भेटिने गरेपनि यसपाली ४ जना महिला १ जना पुरुष फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ०३ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११