७ चैत्र २०८२, शनिबार | March 21, 2026

१६२ मुलुकमा कोरोना फैलियो, ७ हजार बढीको मत्यु, मलेसिया १४ र फ्रान्स १५ दिनका लागि बन्द



एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ७ हजार १ सय ६४ पुगेको छ । १ सय ६२ मुलुकमा फैलिएको कोरोनाबाट हालसम्म १ लाख ८२ हजार ५ सय ५० जना संक्रमित भएका छन ।

त्यस्तै ७९ हजार ८ सय ८१ जना निको भएर घर फर्केका छन । विश्वभरको तथ्याँकका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित भई अस्पतालमा उपचाररतको संख्या ९५ हजार ५ सय ५ रहेको छ ।

यि मध्ये ६ हजार १ सय ८३ जनाको अवस्था चिन्ताजनक छ भने ८९ हजार ३ सय ४२ जनाको अवस्था मध्यम रहेको छ । कोरोनाका कारण अहिलेसम्म सबैभन्दा बढी चीनमा मृतकको संख्या ३ हजार २ सय २६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या ८० हजार ८ सय ८१ रहेको छ भने ६८ हजार ६ सय ८८ जना निको भैसकेका छन ।

त्यस्तै ईटालीमा अहिलेसम्म २ हजार १ सय ५८ को मृत्यु भएको छ । त्यसैगरि ईरानमा ८५३, स्पेनमा ३४२, फ्रान्समा १४८, अमेरिकामा ८७ र दक्षिण कोरियामा ८१ जनाको मृत्यु भएको छ ।

त्यस्तै मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिक सम्मका लागि बाहिरि जनजीवनमा प्रतिबन्ध लगाउने भएको छ । आजै मात्र मलेसियन प्रधानमन्त्रि मुयाद्दिन यासिनले जनताका नाममा संबोधन गर्दै कोरोना भाईरसका कारण यस्तो कदम चाल्नु परेको बताए ।

बाहिरि जनजीवन प्रतिबन्ध अन्तर्गत सामुहिक भेटघाट, धार्मिक, खेलकुद, सांस्कृतिक कार्यक्रमहरू गर्न पाइनेछैन भने अन्य ब्यापारिक संस्थाहरू पनि बन्द गर्नुपर्नेछ । तर, जनतालाई अत्यावश्यक सामान बेच्ने पब्लिक मार्केट, औषधि पसल, खाद्यान्न पसलहरू भने खुल्ला रहनेछन् ।

त्यसैगरि मलेसिया प्रवेश गर्ने जोकोहिले पनि १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्नेछ भने मलेसिया घुमघाम गर्न आउने जोकसैलाई प्रतिबन्ध गरिएको छ । त्यसैगरि बिद्यालय, कलेज, ट्रेनिङ सेन्टरहरू पनि बन्द रहनेछन् भने मलेसियाका अत्यावश्यक कार्यालयहरू बाहेक अन्य सरकारि संस्था पनि बन्द रहनेछन् । प्रधानमन्त्रिको यो घोषणासँगै मलेसियामा खाद्यान्न पसल, सुपरमार्केट, पब्लिक मार्केटहरूमा खानेकुराको जोहो गर्नेहरुको भिड लाग्न सुरु भैसकेको छ ।

त्यसैगरि फ्रान्स पनि १५ दिनका लागि लक डाउन भएको छ । फ्रान्सका राष्ट्रपति ईम्मानुयल म्याक्रोंले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै १५ दिनका लागि सबै नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : १८ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका