४ श्रावण २०८३, सोमबार | July 20, 2026

प्रदेश ५ मन्त्रीपरिषदद्धारा विभिन्न निर्णय : प्रदेश सञ्चार परिषद गठन गर्ने, उर्जा कार्यालय दाङ्गमा स्थापना गरिने



बुटवल । प्रदेश ५ सरकारले विभिन्न ५ वटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा मंगलबार बसेको बैठकले प्रदेशमा सञ्चार परिषद गठन गर्ने विधेयकको लागि सैद्धान्तीक सहमती प्रदान गरेको छ । जसबाट विधेयक तयार गरी प्रदेश सञ्चार प्रतिष्ठान गठन गरिने छ ।

यस्तै मन्त्री परिषद् बैठकलले भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगत दाङ्ग जिल्लाको लमही मा प्रदेश उर्जा कार्यालय स्थापना गर्ने गरी ल्याएको प्रस्तावमा स्वीकृत गर्दै ८ जना कर्मचारीहरुको अस्थायी दरबन्दी समेत स्वीकृत गर्ने छ ।

प्रदेश गौरवका आयोजनाहरु मध्ये रहेका विद्युतीय काम हेर्ने गरी अस्थायी प्रकृतिको कार्यालय स्थापना गर्न लागिएको प्रदेश ५ का भौतिक पुर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

यस्तै भुमि व्यवस्थ कृषि तथा सहकारी मन्त्रालयबाट ल्याइएको प्रदेश सहकारी नियमावली स्वीकृत गरेको छ । अव प्रदेशमा सहकारी दर्ता, नविकरण, खरेजी लगायतका सबै काम सुरु हुने छन ।

मन्त्रीपरिषदले भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बनाउन लागेको भुमि सम्बन्धी ऐनको लागि विधेयक तयार गर्नको लागि सैद्धान्तीक सहमती दिएको छ । यस्तै जिवनासक विषादीको व्यवस्थापन गर्न बन्न लागेको विधेयकको लागि समेत स्वीकृत प्रदान गरेको छ ।

मन्त्री परिषद् बैठकले केही दिन पहिला परेको असिना पानीबाट भएको क्षतीको एकिन विवरवण संकलन गर्नको लागि वालीनालीमा भएको नोक्सानी को विवरण समेत संकलन गर्नको लागि कृषि ज्ञान केन्द्र र जिल्लाको विपत व्यवस्थापन समितिलाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ५४ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री