१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेश ५ मन्त्रीपरिषदद्धारा विभिन्न निर्णय : प्रदेश सञ्चार परिषद गठन गर्ने, उर्जा कार्यालय दाङ्गमा स्थापना गरिने



बुटवल । प्रदेश ५ सरकारले विभिन्न ५ वटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा मंगलबार बसेको बैठकले प्रदेशमा सञ्चार परिषद गठन गर्ने विधेयकको लागि सैद्धान्तीक सहमती प्रदान गरेको छ । जसबाट विधेयक तयार गरी प्रदेश सञ्चार प्रतिष्ठान गठन गरिने छ ।

यस्तै मन्त्री परिषद् बैठकलले भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगत दाङ्ग जिल्लाको लमही मा प्रदेश उर्जा कार्यालय स्थापना गर्ने गरी ल्याएको प्रस्तावमा स्वीकृत गर्दै ८ जना कर्मचारीहरुको अस्थायी दरबन्दी समेत स्वीकृत गर्ने छ ।

प्रदेश गौरवका आयोजनाहरु मध्ये रहेका विद्युतीय काम हेर्ने गरी अस्थायी प्रकृतिको कार्यालय स्थापना गर्न लागिएको प्रदेश ५ का भौतिक पुर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

यस्तै भुमि व्यवस्थ कृषि तथा सहकारी मन्त्रालयबाट ल्याइएको प्रदेश सहकारी नियमावली स्वीकृत गरेको छ । अव प्रदेशमा सहकारी दर्ता, नविकरण, खरेजी लगायतका सबै काम सुरु हुने छन ।

मन्त्रीपरिषदले भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बनाउन लागेको भुमि सम्बन्धी ऐनको लागि विधेयक तयार गर्नको लागि सैद्धान्तीक सहमती दिएको छ । यस्तै जिवनासक विषादीको व्यवस्थापन गर्न बन्न लागेको विधेयकको लागि समेत स्वीकृत प्रदान गरेको छ ।

मन्त्री परिषद् बैठकले केही दिन पहिला परेको असिना पानीबाट भएको क्षतीको एकिन विवरवण संकलन गर्नको लागि वालीनालीमा भएको नोक्सानी को विवरण समेत संकलन गर्नको लागि कृषि ज्ञान केन्द्र र जिल्लाको विपत व्यवस्थापन समितिलाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ५४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा