१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

मणिमुकुन्द सेन उद्यान (फुलबारी)मा पार्क सम्मेलन र मूर्तिकला कार्यशाला हुने



बुटवल । आन्तिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनेको बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी) लाई सौन्दर्यकरण र पर्यटकको आकर्षण बढाउन मूर्तिकला कार्यशाला र पार्क सम्मेलन हुने भएको छ । फूलबारीले यहीँ चैत १४ गतेदेखि ३० गतेसम्म मुनामदन राष्ट्रिय कार्यशाला आयोजना गरेको हो ।

त्यस्तै कार्याशालाको अन्तिम समयतिर चैत २९ गते प्रदेश नम्बर पाँच स्तरीय पार्क सम्मेलन गर्न लागिएको हो । पार्क सम्मेलनमा देशभरका पर्यटकीय पार्कहरूको विकास र पवद्र्धन गर्न दुई सम्मेलन राखिएको मणिमुकुन्द सेन उद्यान (फुलबारीका अध्यक्ष खेमप्रसाद लुइटेलले जानकारी दिनुभयो ।

मूर्तिकला कार्याशालामा राष्ट्रिय स्तरका करिब २० जना दक्ष कलाकारहरुले १७ दिनसम्म मुनामदन बाटिकामा प्रेम प्रतिक झल्किने आकृतिका विविध मुर्तिहरु कुद्ने छन् । पार्क सम्मेलनमा ५ नम्बर प्रदेश स्तरका सम्बन्धित करिब १ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ ।

सम्मेलनमा पार्क, पर्यटन र आर्थिक संमृद्वि विषयमा कार्यपत्र, सरकारी नीति तथा योजनामा पार्क र आगामी योजना विषयमा कार्यपत्र, प्रदेश स्तरीय पार्क समन्वय समितिको गठन र पार्कको विकाससंग सम्बन्धित रहेर बुटवल घोषणपत्र जारी गरिने छ । फुलबारी पार्कको रुपमा विकास भईरहेको छ । यहाँ दैनिक हजारौ पर्यटकहरु भ्रमणका लागि आउँछन ।

बुटवल उपमहानगरपालिका–२ पुरानो बटौली क्षेत्रमा उद्यान छ । मणिमुकुन्द सेन दरबारसमेत रहेको ऐतिहासिक र पुरातात्विक स्थलका रूपमा रहेको फूलबारीमा प्राकृतिक दृश्य अवलोकन गर्ने वातावरण छ । पहाडको काखमा र बुटवलदेखि केही माथिल्लो भूभागमा रहेको उद्यानमा फूलेका थरिथरीका आकर्षण देख्दा त्यहाँ पुग्ने सबैको मन तान्छ ।

उद्यान बुटवलको मणिका रूपमा चिनिएको छ । फूलबारीको प्राकृतिक दृश्यावलोकन गरी मनोरम वातावरणमा भुल्न आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ ।

उद्यानमा दरबारको भग्नावशेष क्षेत्र, पुरातात्विक ऐतिहासिक बगैँचा, बालउद्यान छन् । फूलबारीमा सिजनमा दैनिक सयौं पर्यटक आउने गर्छन । फुलबारीलाई आकर्षक बनाउने कामहरु पनि धमाधम भइरहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ०० बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का