२२ भदौ २०८३, सोमबार | September 7, 2026

शान्ति समाजको सरकारसंग आग्रह : कोरोनाबारे सचेतना र रोकथामका लागि प्रभावकारी कदम आवश्यक



बुटवल । कोरोना भाइरस रोकथामका लागि प्रभावकारी कदम चाल्न मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले सरकारसंग आग्रह गरेको छ ।

समाजले आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेश पन्थलाइ ज्ञापनपत्र बुझाउदै कालोबजारी नियन्त्रण, बजार अनुगमन तथा कोरोना भाइरस रोकथामका लागि पहल गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो ।

समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री बेडमा निदाएको र मन्त्रीहरु बेकामे जस्तै भएको भन्दै पूर्व सावधानी र प्रयाप्त तयारी नगर्नु सरकारको लाचारीपन भएको दाबि गर्नुभयो ।

उहाले मानव अधिकार तथा शान्ति समाजले आफ्ना सदस्यहरुलाइ स्वयंसेवी तवरमा जिल्ला जिल्लामा परिचालन गर्ने नीति समेत राखेको र सरकारसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले आफुहरुले कोरोनाको सर्तकताका लागि बिभिन्न काम गरिरहेको बताउनुभयो । उहाले कोरोनाको त्रास र अभाब देखाएर कालोबजारी गर्नेलाइ कारबाहि गर्ने समेत उल्लेख गर्नुभयो ।

जिल्ला सभापति डीपी खनालले कालोबजारी रोक्नका लागि अनुगमन कार्य अगाडी बढाउन, आपूर्ति व्यवस्थालाई सहज बनाउन र देशमा कानुन विहिनताको स्थिति उत्पन्न हुन नदिन नागरिक खबरदारीका गर्नका लागि ज्ञापनपत्र बुझाएको बताउनुभयो । सो कार्यक्रममा शान्ति समाजका सहसचिब कपिल ज्ञवाली, सदस्य कृष्ण पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म १ सय ६२ देशमा पुगेको छ ।जसका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् ।

७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ०९ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११