७ चैत्र २०८२, शनिबार | March 21, 2026

शाइन रेसुंगाले १५ प्रतिशत बोनस शेयर बांड्ने



बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बांड्ने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिको चैत १ गते बसेको वैठकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत बोनस शेयर बांड्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आउंदो साधारणसभाबाट पारित गरेर बोनश शेयर वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।

३९ करोड ३४ लाख रुपैयां मुनाफा बराबरको १५ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुंजी तीन अर्ब एक करोड हुने छ । हाल बैंकको चुक्ता पुंजी दुई अर्ब ६२ करोड रुपैयां छ । स्थापना हुंदाको ६ करोडबाट बैंकले ११ वर्षको अवधिमा ५० गुणाले चुक्ता पुंजी बृद्धि गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिनुभयो ।

देशभरका करिब दुईदर्जन विकास बैंकमध्ये पुस मसान्तसम्मको विवरणमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नाफा शाइन रेसुंगा पांचौं स्थानमा रहेको छ । बैंकले हाल २७ अर्ब ६५ करोड निक्षेप संकलन र २४ अर्ब ८५ करोड रुपैयां कर्जा प्रवाह गरेको र कूल कर्जा मध्ये पुस मसान्तसम्म उत्पादनशील क्षेत्रमा २६.२७ प्रतिशत र कृषि लगायत ब्याज अनुदानमा आधारित कर्जा १५.३० प्रतिशत लगानी गरेको बैंकका नायब महाप्रबन्धक सार्जन भट्टराईले जानकारी दिनुभयो ।

२०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा गुल्मी जिल्ला कार्यक्षेत्र बनाई स्थापना भएको रेसुङ्गा विकास बैंक २०६९ सालमा मर्ज भई १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको र शाइन रेसुंगाले प्यूठान कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो ।

गतवर्ष मात्रै तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक र पांच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी गत असोजबाट एकीकृत कारोबार शुरु गरेको थियो । बैंकको अहिले प्रदेश ५ का १० जिल्ला (रोल्पा र रुकुम वाहेक) तथा प्रदेश ३ को चितवन र गण्डकी प्रदेशको बागलुङ गरी १२ जिल्लामा ७० वटा शाखा कार्यालय सञ्चालन गरिरहेको र बैंकको ग्राहक संख्या चार लाख भन्दा बढी पुगेका बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिनुभयो ।

बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित अन्य प्रदेशका मुख्य शहरहरुमा शाखा कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ । राष्ट्रियस्तरमा स्तरोन्नति भएपनि बैंकले प्रदेश ५ लाई नै मुख्य आधार/केन्द्र बनाएर देशव्यापी शाखा विस्तार गर्ने र राष्ट्रकै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा रहेको प्रमुख कार्यकारी अधिकृत पौडेल बताउनुहुन्छ ।

शुरुदेखि नै इथिकल बैंकिङ, संस्थागत सुशासन र आन्तरिक नियन्त्रणलाई पारदर्शितालाई अंगालेर अघि बढेकाले फरक फरक भूगोलका पांचवटा बैंकको मर्जर सफल भएर झनै बलियो र विश्वासिलो बैंकको रुपमा अघि बढेको पौडेलले स्पष्ट पार्नुभयो । हाल प्रदेश ५ मा मात्रै बैंकका ६८ वटा शाखा कार्यालय छन् ।

प्रदेश ५ मा शाखा रहेका समग्र बैंकहरु मध्ये सबैभन्दा धेरै शाखा कार्यालय र आर्थिक कारोबार हुने बैंक पनि शाइन रेसुंगा नै हो । कूल नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा खर्च गर्नुपर्ने राष्ट्र बैंकको नीति अनुसार शिक्षा, स्वास्थ्य, सरसफाई, दुर्घटना न्यूनिकरण र बित्तीय साक्षरता बृद्धिका लागि पनि काम गर्दै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पुश्करराज जोशीले बताउनुभयो ।

बैंकले केन्द्रीय कार्यालयको नयां पांचतले भवन बुटवल–११ कालिकानगरमा निर्माणको अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : २२ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा